मुक्तिनाथ विकास बैंकको साधारण सभा कात्तिक १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा कात्तिक १५ गते होटल ग्राण्ड पार्दी, बिरौटा, पोखरामा बिहान १० बजे शुरु हुनेछ । बैंकले सभामा १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ३१ गते एक […]

लाभांश प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा कात्तिक २ गते आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न […]

आरएसडिसी लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ८ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ ।  

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो […]

यति एयरलाइन्सले प्रिमियम थप गरेर आइपीओ जारी गर्ने

काठमाडौं । यति एयरलाइन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज ३१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, तिलगंगा, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियम सहित आइपीओ बिक्री गर्ने प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ […]

भगवति हाइड्रोपावरको २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक २ गते आव्या क्लब, घारीपाटन पोखरामा २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको […]

डेडिकेटेड, ट्रक लाइनको विद्युत बक्यौता बुझाउन प्राधिकरणको निर्देशन, २१ दिनभित्र नबुझाए कारबाही गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन सूचना जारी गरेको छ । असोज १० गते बसेको प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन भित्र अर्थात कात्तिक १७ गते भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरेको जनाएको छ । सोही अनुसार सूचना जारी भएको हो […]

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

नयाँदिल्ली। भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले शनिबार राति यो जानकारी दिएका हुन् । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु – करुर जिल्लामा आयोजित विजयको […]

दसैँका लागि हिमाली च्याङ्ग्रा पुगे पहाड र तराईका मुख्य बजारमा

बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्। मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै च्याङ्ग्राका बथानहरू भेटिन्छन् […]

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन् । शुक्लाफाँटा […]