साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी […]

भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान […]

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। राजीनामा दिनुअघि मुख्यमन्त्री बानियाँले आफ्नो एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे २८ बुँदामा प्रगति विवरण प्रस्तुत गरेका थिए। नेकपा एमालेले गत साउन ६ गते […]

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक एक लाख विजेता र १ जना बम्पर उपहार विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत साउनको दोस्रो पाक्षिक नतिजा घोषणा गरिएको छ। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्। सरकारले साउन १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन […]

निर्जिवन बीमा सूचकले घटायो शेयर बजार, कारोबार रकम भने सुध्रियो

काठमाडौं । सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार सेन्सेटिभ इन्डेक्स १.०८ अंकले घटेर ४६३.६४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४९ अंकले घटेको हो । सोमबार ३५० वटा कम्पनीको […]

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछन्। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी […]

इरानमाथि आणविक आक्रमणको तयारी भएको ग्रीनको दाबी

काठमाडौं । अमेरिकाकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित आणविक हतियार प्रयोगबारे उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन् । यद्यपि उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण वा कागजात सार्वजनिक गरेकी छन् । ग्रीनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूबीच यस्तो छलफल भइरहेको दाबी गरेकी हुन् । उनका […]

अदालतको आदेश बेवास्ता गर्दै दूरसञ्चार कार्यालयको भवन भत्काइयो : नेपाल टेलिकमको आपत्ति

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशपछि पनि सडक डिभिजन कार्यालय हेटौंडाले नेपाल टेलिकमको वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन भत्काएको भन्दै नेपाल टेलिकमले आपत्ति जनाएको छ। वीरगञ्जको मुख्य सडक विस्तारसम्बन्धी काम तत्काल नगर्न वा नगराउन अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो। त्यसअघि नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी […]

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

काठमाडौं ।  नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको […]

साउनमा १९१ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता,पर्यटन क्षेत्र अग्रस्थानमा

काठमाडौं  नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा रु ३ अर्ब ७७ करोड २८ लाख बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको साउन महिनामा कुल १९१ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) […]