टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, नयाँ पोस्टपेड र प्रिपेड प्याक थपिए

काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नयाँ डेटा, भ्वाइस र एसएमएस प्याक उपलब्ध गराएको छ। कम्पनीका अनुसार अफर मंगलबार (साउन १२) देखि लागू भएको हो। टेलिकमले पोस्टपेड प्रयोगकर्ताका लागि दुई नयाँ प्याक सार्वजनिक गरेको छ। पोस्टपेड ३७३ प्याकमा ३० दिनका लागि ६ जीबी डेटा, ४०० मिनेट […]

उच्च जोखिमका बीच सेयर निष्कासनको अनुमति पर्खिँदै निभिक्स फर्मास्यूटिकल्स

काठमाडौं । सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति लिने प्रक्रियामा रहेको निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट ‘IRN B+ (Is)’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको समयमै वित्तीय दायित्व (साँवा-ब्याज) भुक्तानी गर्ने क्षमतामा उच्च जोखिम रहेको र बाह्य धक्काहरूबाट छिटो प्रभावित हुन सक्ने सङ्केत गर्दछ। कम्पनीले आफ्नो व्यवसाय विस्तार तथा कार्यपुँजीको […]

पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का […]

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबीच […]

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारी नियुक्त गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओको जिम्मेवारी दिएको हो ।  

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । आज चाँदी पनि १३५ रुपैयाँले […]

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

काठमाडौं । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल […]

नेप्से को सीईओ पदका लागि आवेदन आह्वान,१५ दिनभित्र दरखास्त दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरिएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र अर्थात् साउन २६ गते कार्यालय समयभित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेको सीईओ बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, […]

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा […]