प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्याक्ष सेठले भेट गरे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने […]

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ। “काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको […]

नेप्सेमा १९.३४ अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं । नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम ४५ करोड २० लाख रुपैयाँले  घटेको हो । सोमबार कारोबार रकम ५ […]

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ। भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश […]

सरकारका गलत कामलाई प्रतिपक्षले समर्थन गर्दैन : सांसद सिद्धिकी

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापलाई प्रतिपक्षले कुनै हालतमा समर्थन नगर्ने स्पष्ट पारेकी छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैली तथा सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन्। सत्तापक्षबाट प्रतिपक्षलाई धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप लगाउँदै उनले त्यसको प्रतिवाद गरिन्। मुलुकमा गुण्डाराज सरकारकै संरक्षणमा […]

वैदेशिक रोजगारीको ठगी र अलपत्र नेपालीको उद्धारका लागि संसदीय छानबिन समिति बनाउन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी तथा विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अवस्था दिनप्रतिदिन दयनीय बन्दै […]

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु […]

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सांसदको माग

काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्। उनले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधार बनाउन आवश्यक कानुन तथा कार्यविधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीका कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा […]

झापा–३ मा जङ्गली हात्तीको आतङ्क नियन्त्रण गर्न वैज्ञानिक व्यवस्थापन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ मा बढ्दै गएको जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक र प्रभावकारी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाठकले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका जङ्गली हात्तीका कारण झापाका विभिन्न क्षेत्रका नागरिकको जनजीवन प्रभावित बनेको बताए। उनका अनुसार हात्तीको बथानले […]

काठमाडौं उपत्यकामा सुनको सिक्री लुटपाट गर्नेहरू पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनको सिक्री लुटपाट गर्ने, चोरीको सुन खरिद गर्ने तथा सार्वजनिक यातायातमा सिक्री चोरी गर्ने व्यक्ति रहेका छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका हुन्। […]