आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । यस्तै, […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का […]

डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्दा कुन देशको विनियमदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा रहेको थियो । त्यस्तै […]

धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले धानको न्यूनतम समर्थन मूल्य बढाउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्। ‘किसानका समस्या […]

खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या (कोरम) नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। सोमबारको बैठकमा सभामुख अर्यालले सोही प्रस्तावलाई पुनः प्रस्तुत […]

नाडा अटो शो २०२६ स्वर्ण उत्सव संस्करणमा २ लाखले अवलोकन गर्ने

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव संस्करणमा २ लाख आगन्तुकहरुले अवलोकन गर्ने बताइएको छ । ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा करिब २ लाख आगन्तुकहरुले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै नाडा अटो सो २०२६ को […]

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साेमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री पोखरेलले […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ७ संस्थामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका ७  संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । संस्थाको नाम ठेगाना सेवाहरु छुट […]

करदाता प्रोत्साहन पुरस्कार : ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको पुरस्कार

काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट मात्र ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। साउनको दोस्रो पाक्षिकअन्तर्गत घोषणा गरिएको पुरस्कारमा ती उपभोक्ता बम्पर विजेता बनेका हुन्। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्येबाट १६ जना विजेताले जनही एक लाख […]

सुस्त अर्थतन्त्र र अस्वस्थ प्रतिस्पर्धाका बिच घट्यो बीमा कम्पनीहरुको नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरुको खुद नाफामा गिरावट आएको छ। चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले वर्षभरिमा कुल ५ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ६ अर्ब ८ करोड […]