विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

काठमाडौं । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर […]

बीएमसीका विद्यार्थीहरूको उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) ले Cambridge International AS & A Level May/June 2026 Examination Series मा उत्कृष्ट नतिजा हासिल गरेको छ। परीक्षामा सहभागी भएका १०६ जना विद्यार्थीहरूमध्ये ९४% विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजाअनुसार ७ जना विद्यार्थीले लगातार A* र ३३ जना विद्यार्थीले लगातार […]

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ थियो । आज चाँदी पनि ६० […]

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा : लय सुधार र उपाधि जित्ने खेलाडीको दाबी

काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ। यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो। टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी […]

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

काठमाडौं । सुजुकीको अधिकृत वितरक सिजी मोटोकर्प मार्फत सुजुकी नेपालले आज “सुजुकी पर्वोत्सव” नामक चाडपर्व विशेष योजना घोषणा गरेको छ, जुन कम्पनीको प्यासेन्जर, SUV’s तथा लाइट कमर्सियल गाडी दायराभर लागू हुनेछ। दशैं–तिहारको यस अवसरमा सुजुकी स्वामित्वलाई थप सहज र फाइदाजनक बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ब्रान्डको विश्वास, पारदर्शिता र आफ्टर–सेल्स मूल्यप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुनः पुष्टि […]

शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै होटल पार्क ल्यान्ड, भदौ १५ बाट आवेदन दिन सकिने

काठमाडौं । होटल पार्क ल्यान्डले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । होटलले यही भदौ १५ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । होटलले हाल कायम सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ६० […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने कार्यसूची रहेको छ । आजका दुवै बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले […]

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्। ट्रम्पले ट्रुथ सोसलमा लेख्दै यी सैन्य अभ्यासहरू अत्यन्तै खर्चिला हुनुका साथै अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने खालका रहेको बताएका छन्। उनले […]

लेन्सलाई सुपर कप, पिएसजी पराजित

काठमाडौं । फ्लोरियन थाउभिनको पहिलो हाफको गोल निर्णायक बनेपछि लेन्सले १० खेलाडीमा सीमित हुँदै पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स) को उपाधि जितेको छ। कुप डे फ्रान्सको गत सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे। तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो […]

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा गत साउन २९ गतेबाट माछापुच्छ्रे क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु माछापुच्छ्रे क्यापिटल मार्फत हुनेछन् ।