राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप(महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप(महानिर्देशकले गर्नेछन्। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र […]

चलखेलका लागि कि कार्यान्वयनका लागि फेरि उठाइयो ग्यास सिलिण्डरमा रङ्गको मापदण्ड

काठमाडौं । सरकारले विभिन्न ग्यासको सिलिण्डरमा लगाउने रङ्गको मापदण्ड तयार गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र ग्यासको सिलिण्डरमा लगाउने रङ्ग सम्बन्धी मापदण्ड तयार गर्ने बताएको छ । आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धनका लागि थप औद्योगिक वस्तुहरुको गुणस्तर निर्धारण योजना अन्तर्गत मन्त्रालयले उक्त काम गरिने बताएको हो । […]

किन भेटे भारतीय गाडी उत्पादकले तीन मन्त्रीलाई ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का अधिकारीहरुले छुट्टाछुट्टै भेट गरेको छन्। नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले तीनैजना मन्त्रीहरुसँग भेट गरी नेपाल र भारतबीच नेपालमा उद्योग […]

प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडानहरु सामान्य प्रभावित भएका छन्। निरन्तरको वर्षाका कारण भिजिबिलिटी न्यून हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तरराष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तरराष्ट्रिय उडान पनि केही ढिलो भएका छन्। प्रतिकूल […]

श्री एयरलाइन्सबाट यात्रा गर्दा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि टिकट खरिद […]

पौन २ अर्बले घटेको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर कारोबार […]

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । ”सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका […]

उच्च अंकले शेयर बजार घट्दा पौन २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर कारोबार […]

कामना सेवा विकास बैंकद्वारा श्री नारायणी आधारभुत विद्यालयमा पोशाक वितरण 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डण्डा मार्फत श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व […]

दिनको पहिलो भुक्तानी, अर्थात् ‘बोहनी’ अब फोनपे क्युआर बाटै लिनु होस

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी‘ भनिन्छ, फोनपे क्यु.आर मार्फत स्वीकार्न प्रेरित गर्ने उदेश्यले  ‘बोहनी, फोनपे क्युआर बाटै‘ भन्ने पहलको सुरुवात गरेको छ। यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे […]