काठमाडौ महानगरपालिकाको छात्रवृत्तिका लागि २६ हजार ८८८ बिध्यार्थीको आवेदन

काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेको महानगरपालिका शिक्षा महाशाखाले जाएको छ  । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको बताइएको छ  । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन […]

थप तीन सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो । समितिले सूचना […]

सभामुख  डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौं ।सभामुख  डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई […]

देउवा दम्पतीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ नगर्न र नगराउन सरकारको नाममा  अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आन्तरिम आदेश जारी गरेको हो । देउवा दम्पती समेत निवेदक रहेको यस उत्प्रेषण मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय […]

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित  नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो । १६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस […]

जोमसोम प्रदेश अस्पताल पुग्ने सडक असहज, सेवाग्राहीलाई समस्या

मुस्ताङ । जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ। कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल आवतजावत गर्न कठिनाइ भएको हो। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन […]

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष जनशक्ति उत्पादनमा जोड

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक […]

कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ’डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

काठमाडौं ।  ’द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम […]

प्रधानमन्त्रीले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे […]

शहरी फोहोर व्यवस्थापनमा चीनको नयाँ योजना सार्वजनिक

बेइजिङ। चीनले सन् २०३० सम्म शहरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । चीनको आवास तथा शहरी–ग्रामीण विकास मन्त्रालयले सोमबार राजधानी बेइजिङमा आयोजित राष्ट्रिय शहरी फोहोर व्यवस्थापन सम्मेलनका क्रममा उक्त योजना सार्वजनिक गरेको हो । यससँगै चीनले मे २५ देखि ३१ सम्म देशव्यापी रूपमा ‘राष्ट्रिय शहरी घरायसी फोहोर वर्गीकरण सचेतना सप्ताह’ पनि सुरु […]