नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री वाग्ले, भने– ‘सरकार तपाईंहरूको साथमा छ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन्। “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु […]

भदौ लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति?

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार साउनको तुलनामा भदौ महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ । बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशत विन्दुबाट घटेर भदौमा ४.१३६० प्रतिशत विन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर […]

आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त […]

विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध

काठमाडौं । अर्जेन्टिनासँगको विश्वकप फाइनलमा गोल गरेका स्पेनका फेरान टोरेस बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा अनुबन्ध भएका छन् । २६ वर्षीय खेलाडीले झन्डै ५ करोड युरोमा सन् २०३१ सम्मका लागि फ्रान्सेली विजेतासँग सम्झौता गरेका हुन् । गएको महिना अर्जेन्टिनासँगको विश्वकप फाइनलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोरेसले स्पेनलाई दोस्रो पटक उपाधि जिताएका थिए । […]

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन आजसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या […]

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी […]

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कुन देशको विनियमरद कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको विनिमिदर बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन […]

घाटामा रहेको मध्यभोटेकोशी जलविद्युत कम्पनी करिब १६ करोड ९६ लाख नाफामा, विद्युत बिक्रीबाट २ अर्ब १४ करोड आम्दानी

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १६ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आव २०८१/८२ मा ४ करोड १६ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो। अघिल्लो वर्षको घाटाको तुलनामा कम्पनीले यस […]

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन […]

हिमालयन एभरेस्ट इन्स्योरेन्सको बीमा प्रिमियम संकलन ४ अर्ब ८४ करोडले नाघ्यो

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको बीमा व्यवसायबाट हुने आम्दानीमा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष (आव) २०८२/८३ मा ४ अर्ब ८४ करोड ६२ लाख ११ हजार रुपैयाँ कुल आर्जित बीमा प्रिमियम संकलन गरेको छ। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा यस्तो प्रिमियम ४ अर्ब ९ करोड ५२ लाख ५९ हजार रुपैयाँ थियो। […]