भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

चितवन । भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि कार्यान्वयनमा ल्याइने […]

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं ।  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा […]

सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

दाङ ।  ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्।उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई […]

महानगर यातायात प्रा.लि.को सेवा विस्तार: पोखरा, चितवन र भैरहवामा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो। कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए। उनले छिट्टै […]

आयात निर्यातको अग्रस्थानमा भटमास र भटमासको तेल, भटमासको आन्तरिक उत्पादन गरी करिब ७१ अर्ब व्यापार घाटा कम गर्न सकिएला

काठमाडौं । मुलुकको आयात निर्यातको व्यापारको पहिलो स्थानमा भटमास र भटमासको तेल रहेको छ । भन्सार विभागले गत साता सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै भटमासको आयात र सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । कुल आयातमध्ये चालू आवको सात महिनामा सबैभन्दा बढी भटमास र पेट्रोलियम पदार्थको आयात भएको छ । […]

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, शेयर संरचना परिवर्तनको प्रस्ताव गर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा आज (आइतबार) आयोजना हुँदैछ । वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु हुने गरी तय गरिएको छ । आजको सभामा बैंकले पूँजी संरचना परिवर्तनदेखि मर्जरसम्मका महत्त्वपूर्ण विशेष प्रस्तावहरू पारित गर्ने कार्यसूची रहेको छ। सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक-आपसमा गाभ्ने/गाभिने (मर्जर) […]

नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ

काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समय मै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो । विसं २०४७ सालमा […]

युनाईटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७.३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर […]

रुपन्देहीमा अनुगमन समितिद्वारा चार बुँदे आचरण जारी

लुम्बिनी। प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिले निर्वाचन आचारसंहिता पालनासम्बन्धी निर्वाचन आचारसंहिता, २०८२ ले तोकेबमोजिमका चार बुँदे आचरणसहित सार्वजनिक सूचना जारी गरेको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद खनालले […]

नेशनल लाइफको ३९ औँ वार्षिकोत्सव, अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आज आफ्नो ३९ वार्षिकोत्सव रहेको छ। कम्पनीले विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउँदैछ। कम्पनीले वार्षिकोत्सवका अवसरमा आगामी दिनहरुमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने संकल्प गरेको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि आभार कृतज्ञता […]