करिब १ अकंले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहेबार नेप्से परिसूचक ०.९३ अकंले घटेको छ । बजार २५६०.१५ मा  पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६६ हजार ७९ पटकको कारोबार हुँदा १ करोड ४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम भने ४ अर्ब ६८ करोड ८८ हजार रुपैयाँ […]

सिञ्जाको रनुखानामा बन्यो झोलुङ्‍गे पुल

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो । अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका […]

सामसङले एआई विस्तार गर्न सवा ३ खर्ब डलर लगानी गर्ने

सियोल । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसङ) ले आगामी पाँच वर्षमा ३ खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना आइतबार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो । सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र […]

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन्। आज दिउँसो २:३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ। एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ केन्द्रीय सुरक्षा समितिबाट […]

चीनबाट टेलिकिम र विद्युतीय उपकरणको आयात बढाइयो

काठमाडौं ।  नेपाली व्यवसायीहरुले चीनबाट टेलिकम उपकरण तथा पार्टस्, तयारी कपडा, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्यूटर तथा पार्टस्लगायतका वस्तुहरूको आयातमा वृद्धि गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकामा आर्थिक वर्ष २०८१ / ८२ मा १४.२ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ४१ अर्ब १० करोड पुगेको […]

सिमरामा फेरि कर्फ्यु

फाइल तस्बिर काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो । बिहीबार बिहान ११ बजेदेखि सिमरा चाेकमा जेनजीहरु […]

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ। जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार, धरमपानी, बन्दीपुर […]

पहिलो चौमासिकमा काठमाडौँ महानगरपालिकाको खर्च १२.९४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अर्ब […]

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा ७ बुँदे अनुरोध

काठमाडौँ । पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन ७ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका […]

हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]