गरिमा क्यापिटलको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक: वार्षिक १९ प्रतिशत सम्म प्रतिफलको प्रक्षेपण

काठमाडौं ।  शेयर बजारमा सुरक्षित लगानी गरी उच्च मुनाफा कमाउन चाहने लगानीकर्ताका लागि गरिमा क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरिमा विकास बैंकको सहायक कम्पनीले खुलामुखी म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ बजारमा ल्याएको हो । १ अर्ब रुपैयाँ कुल आकारको यस योजनामा प्रति […]

८७ दिनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

सुनको मूल्यमा उच्च वृद्धि, प्रतितोला कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन ५ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

आज पनि गौरमा ‘कर्फ्यु’, भारत–नेपाल सीमामा समेत कडाइ

काठमाडौं । शनिबार दिउँसो १ बजेदेखि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रभित्र लगाइएको ‘कर्फ्यु’ आज पनि जारी छ। अत्यावश्यक कामका लागि आज बिहान ६३० देखि ८३० सम्म २ घण्टा केही खुकुलो पारिएको कर्फ्यु त्यसयता पूर्ण रूपमा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार […]

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र […]

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य १०० रुपैयाँ

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो । कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो । सेयर खरीद […]

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो । वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन […]

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् । वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ […]

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त […]

सागर डिष्टिलरीको ७२ हजार कित्ता सेयरको लकइन अवधि चैतमा सकिंदै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता सेयरको लकइन अवधि चैत ११ गते सकिंदैछ । आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको सेयर लकइनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम उक्त सेयर हालसम्म लकइनमा रहेको छ । कम्पनीले […]