खोटाङमा सामुदायिक भवनमा आगलागी, ३ करोड बढीको क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले […]

अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए । वडा नं १ दोवामा […]

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुलाई लक्षित गरी २०८२ फागून ६ गते, बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति पुँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा […]

बजेटमा विकास सहायताको अंश क्रमशः घट्दै

काठमाडौं । नेपालको बजेटमा दातृ निकायहरुले दिने विकास सहयाताको अंश क्रमश घटदै गएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये विकास सहायताबाट दुई खर्ब ८७ अर्ब व्यहोरिने अनुमान रहेको छ । सो मध्ये अनुदानबाट ५३ अर्ब ४५ करोड र ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने अनुमान रहेको […]

 ‘लोकतन्त्रका आधार नै युवा पुस्ता हुन्’

काठमाडौं । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो । तसर्थ, उनीहरूको […]

उम्मेदवारलाई मुक्तकमैयाको प्रश्नः ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’

कञ्चनपुर । चुरेफेदस्थित शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने मुक्तकमैया बस्ती नौखरी प्रवेश गर्ने मुख्य मार्गमा राखिएको होर्डिङ बोर्ड (सूचना पार्टी)ले निर्वाचन नजिकिएको सङ्केत गर्छ । उक्त बोर्ड कुनै व्यावसायिक प्रयोजनका लागि नभई प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई लक्षित गरी राखिएको हो । बोर्डमा स्पष्ट शब्दमा लेखिएको छ, ‘हाम्रा माग कहिले पूरा हुन्छन् ?’ बाध्यकारी श्रम प्रथाबाट मुक्त गरिएका […]

नेपाली कांग्रेसको १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट बुधबार कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो। कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ।

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

जेरुसेलम । इजरायलले बुधवार देखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ । इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइ ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला र १२ वर्ष सम्मका […]

विद्यमान समस्या समाधान नगरी निर्वाचनमा जानु उपयुक्त हुँदैन : पूर्वराजा

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडिओ सन्देश जारी गरेका छन् । उनले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको भन्दै पहिला मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गर्नुपर्ने मत राखेका छन् । शाहले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको भन्दै पहिलो राष्ट्रिय समस्याको समाधान […]

१७ दुर्गम जिल्लामा ४८ हजार क्विन्टल आयोडिनयुक्त नुन ढुवानी

काठमाडौं । सरकारले १७ दुर्गम जिल्लामा ४८ हजार क्विन्टल बढी आयोडिनयुक्त नुन ढुवानी गरेको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधमिा सरकारले १७ जिल्लाको ६१ वटा स्थानमा ४८ हजार ९८७ क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गरेको छ । दुर्गम जिल्लाका नागरिकहरुलाई आयोडिनयुक्त नुन उपलब्ध गराउनु पर्ने जिम्मेवारी पुरा गर्ने क्रममा उक्त परिमाणमा नुन ढुवानी गरिएको […]