शिथिल पुँजीबजार सुधार्न एक साताभित्रै १०-१२ बुँदे योजना ल्याइने खबरसँगै नेप्से करिब २८ अङ्कले बढ्यो

काठमाडौं । शुक्रबार नेप्से परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको १ करोड  २० लाख ८९ हजार ७०९ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । विहीबरको तुलनामा कारोबार रकम २७ करोड रुपैयाँले बढेको हो । विहीबार कारोबार रकम ४ अर्ब ९ […]

मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा कर्जा विस्तार, गुणस्तरीय ऋण र बजार हिस्सा बढाउने रणनीतिसहित बैंकका शाखा व्यवस्थापक तथा कर्मचारीसँग छलफल गरेको छ। बैंकले शुक्रबार मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ विषयक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीको सहभागिता थियो। कार्यक्रममा गत […]

“रसुवा–भोटेकोशी बाढी पछिको सहयोग उपलब्धता अपडेट” पोर्टल सार्वजनिक 

काठमाडौं ।  भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपश्चात् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहयोग, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारबाट भएका निर्णयहरू एकै ठाउँबाट पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले “रसुवा–भोटेकोशी बाढी अपडेट” पोर्टल सञ्चालनमा ल्याएको छ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो पोर्टल https://mofnepal.github.io/rasuwa-flood-update/ मा […]

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। मिति २०८३ भाद्र २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति […]

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पारेका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता–कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे। […]

सांसद तोसिमा कार्कीद्वारा संसदमा स्वास्थ्य प्रणालीको तीव्र आलोचना, ‘नो डिनायल इन लेबर’ लागू गर्न माग

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर नजिकै सडकपेटीमा एक आमाले बच्चा जन्माउनु परेको घटनालाई लिएर सांसद डा. तोसिमा कार्कीले प्रतिनिधि सभामा सरकार र समग्र स्वास्थ्य प्रणालीको तीव्र आलोचना गरेकी छन्। संसद्‌मा विशेष समय लिएर बोल्दै डा. कार्कीले संविधानमा लेखिएको सुरक्षित मातृत्वको हक र गरिब नागरिकले भोग्नुपरेको वास्तविक नियतिबीच ठूलो खाडल रहेको बताइन्। […]

शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए । अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोसी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक […]

भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उत्पादन क्षेत्रमा परेको क्षतिको पुनरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ३५ लाख आवश्यक पर्ने देखिएको छ […]

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

काठमाडौं ।जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-८२ मा रु. एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२-८३ मा रु. पाँच करोड ३६ लाख ५३ हजार एक सय ३६ […]

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीप्रभावितहरूका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट […]