शेयर बजारमा आमसर्वसाधरण भन्दा बिचौलियाको पहुँच छ: सांसद नारायणी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले शेयर बजारमा आवसर्वसाधरण भन्दा पनि बिचौलियाको पहुँच एको बताएकी छिन्। बिहीबारको प्रतिनिधि सभाको बैठकममा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘अहिले शेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस्। शेयर बजारमा आमसर्वसाधारण भन्दा पनि बिचौलियाहरुको पहुँच छ। यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन,’ शर्माले भनिन्। ‘देशका मुख्य […]

जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो

काठमाडौं । जिल्लाका सातै स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको छ । भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० जारी भएको एक वर्षभित्र वर्गीकरण गरिसक्नु पर्ने भए पनि स्थानीय तहहरुले गर्न नसक्दा कित्ताकाटको काम रोकिएको हो । मालपोत कार्यालय भरतपुरका प्रमुख रमेश गौतमका अनुसार चितवनका सात वटै स्थानीय तहले वर्गीकरणको काम गरेका छैनन् । नियमावली विसं २०८० […]

करिब तीन गुणाले बढ्यो विद्युतीय सवारी साधनको आयात

काठमाडौं ।  पछिल्लो वर्षहरुमा विद्युतीय सवारी साधनको आयात उच्च रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ वटा निजी विद्युतीय सवारी साधन  (कार, जीप, माइक्रोबस लगायत)   भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झन्डै ३ गुणा हो । अघिल्लो आव २०७९/८० मा ४ हजार ५० ओटा विद्युतीय सवारी साधन  भित्रिएका थिए । […]

राष्ट्रिय वाणिज्य बैंकबाट ७.७७५ ब्याजदरमा निजी गाडी कर्जा पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि “Festive Offer of Vehicle Loan” गाडी कर्जा योजना ल्याएको छ । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा […]

अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजय

काठमाडौं । अस्ट्रेलियाको तास्मानिया स्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ  । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए । जसमा टाकीन, भुटनिज कम्युनिटी एशोशियसन अफ साउथर्न तास्मानिया(बीकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया(एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए । त्यस्तै […]

हुन्डाईको दशैं तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ सार्वजनिक, नेपालमा बनेको भेन्यु जित्ने मौका

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई Made in […]

कीर्तिमानी मूल्यमा पुगेर फर्कियो सुन

काठमाडौं । कीर्तिमानी मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ। हिजो बुधबार छापावाल सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो। आज छापावाल सुनको मूल्य प्रति तोला १ हजार १०० रुपैयाँले घटेर एक लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। चाँदीको मूल्य पनि घटेको छ। […]

सुविधा रोकेर फ्रिक्वेन्सी बक्यौता उठाउने ध्याउनमा नियामक, दूरसञ्चार सेवा प्रभावित

निर्दोष घोरसाइने काठमाडौं । नेपाल टेलिकम र एनसेलले फ्रिक्वेन्सी महशुल बापतको शुल्क नतिरेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल अपरेटरहरुको सेवा सुविधा रोकेको छ। नेपाल टेलिकम र एनसेलले २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी प्रयोग गरे बापतको करिब २ अर्ब रुपैयाँ महशुल नबुझाउँदा प्राधिकरणले ६ महिनादेखि नेपाल टेलिकम र एनसेलको सुविधा रोक्का गरिरहेको छ। बक्यौदा बाँकी हुँदा प्राधिकरणले […]

नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक हकप्रद शेयर लिलाममा बढाबढीमा बिक्रिमा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढीमा बिक्रिमा रहेको छ । कमपनीको २०८१ जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई संचालक समितिको निर्णय वमोजिम मिति २०८१ जेठ ३२ सम्म कायम संस्थापक शेयरधनीहरुका लागि चुक्ता पूँजी रु.५४,००,००,००० \- (अक्षरेपी चौवन्न करोड मात्र ) को २१ अर्थात ५०% प्रति शेयर […]

साफ यु–२०ः रोमाञ्चक जितसगै भुटानको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं ।  अन्तिम समयमा गोल गर्दै भुटानले बुधवार माल्दिभ्समाथि रोमाञ्चक जितसँगै जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लामो समयसम्म एक खेलाडीबिना खेलेको भुटानले अन्तिम माल्दिभ्समाथि २–१ को जित निकाल्दै तीन राष्ट्र सम्मिलित समूहबाट दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो । समूह ‘बी’ को भुटानले सेमिफाइनलमा पुग्ने माल्दिभ्स […]