अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ

काबुल। संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानविय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ । यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् । प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् । […]

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेको छ । बजार २६६२.९१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८० हजार ५५९ पटक कारोबार हूँदा १ करोड ९६ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब ९४ करोड २७ लाख […]

“महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यत्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद« ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरु संकलन गरिएको थियो । यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु […]

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ । म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण […]

प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले  चार करोड ८० लाख ९० हजार ४८७ कमाई […]

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष […]

परराष्ट्रमन्त्री बङ्गलादेश भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गरेका छन्। परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहन्छ । […]

राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन जारी गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले निर्वाचनको समयमा राजनीतिक दलहरुले गर्ने गतिविधिलाई लिएर उक्त निर्देशन जारी गरिएको जानकारी दिए । उनले अब राजनीतिक दलले उक्त निर्देशनलाई ध्यानमा राखी आफनो निर्वाचन गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ […]

“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ”

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्तहरू अनिवार्य रूपमा समावेश हुनुपर्ने बताएको छ। उनका अनुसार इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा प्रक्षेपास्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाइनुपर्ने आवश्यक छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले […]

नेपाल बैंक र एभरेष्ट हस्पिटल बिच सम्झौता

काठमाडौं ।  नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिमा विशेष छुट पाउने भएका छन् । नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा […]