रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेकाे छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिरहेको हो । कम्पनीले […]

कस्तो रहला आजको मौसम?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का÷वर्षा हिमपात भइरहेको महाशाखाले जनाएको छ। […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ […]

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको हो । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल÷मट्टीतेलमा ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । निगमका अनुसार […]

खुम्बू ल्होसार कपको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई, प्रीति सम्मानित

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो । नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान […]

सरकारले दियो ६ महिनामै ५३ अर्ब ४० करोड कर छुट

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामै  ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक ऐनले दिएको कर राजस्व छुटमार्फत कुल ५५ करोड ५७ लाख राजस्व छुट भएको हो । यस अवधिसम्म वस्तु आयातमा भने कुल ५२ अर्ब ५४ करोड  बराबर राजस्व छुट […]

सिमेन्ट कम्पनीहरुको नाफा ६७ करोड ८० लाख, एउटा कम्पनी भने घाटामा, कुनले कति कमाए ?

काठमाडौं । सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्षको पुसमसान्तसम्म समग्रमा ६७ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये, सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टले ५३ करोड ८३ लाख नाफा कमाएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सले ३५ करोड ७० लाख नाफा आर्जन गरेको छ । सोनापुरले भने ४ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । […]

निर्जीवन बीमा कम्पनीको लगानी ६४ अर्ब नाघ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीको लगानी ६४ अर्ब बढी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेका हुुन् । जसमा बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा मात्रै निर्जीवन बीमकहरूले […]

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् । धादिङको बाँदरेमा कालोपत्र जारी […]

उज्यालो नेपालको निर्वाचन प्रतिबद्धता : १० प्रतिशत वृद्धि सहित जीडीपीको आकार १११ अर्ब डलर पुर्याउने

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो नीति तथा प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टीले सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई केन्द्रमा राखेर योजना तयार पारेको छ। सार्वजनिक सेवामा पहुँच सहज बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, प्रशासनलाई डिजिटल र नागरिकमैत्री बनाउने जस्ता मुख्य विषयहरू समावेश गरिएको छ। आर्थिक क्षेत्रमा पार्टीले २०३० सम्म गार्हस्थ्य उत्पादन वृद्धि, […]