इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो

काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका […]

भोलिदेखि राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौं । भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ माघ २६ गतेको सिफारिसमा २०८२ फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको हो […]

कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पताललेप्रदान गर्ने विभिन्न सेवा– सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएकोप्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न […]

अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको छ। फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेध आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र पाँच […]

साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालन समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

केही निर्वाचन सामग्री छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अन्य निर्देशिका आवश्यकमात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । छापिएर […]

बन्दीपुर केवलकार ७४ लाख ९१ हजार घाटामा, सञ्चालन आम्दानी बढ्यो

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा घटाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको कुल आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर […]

एकमहिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी। म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु आयोजनाका कारण दरवाङ– दाङखोला– धारापानी– ताकम– मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि […]

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको वार्षिक साधारण सभा सम्पन्न, प्रतिवेदन र कार्ययोजना सर्वसम्मत पारित

काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको वार्षिक साधारण सभा बुधबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ […]

टी-२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि […]