खानीखोला हाइड्रोको हकप्रद आवेदन दिने म्याद पुनः थप, असोज ६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरिरहेको हकप्रद सेयरमा आवेदन दिने अवधि दोस्रोपटक पनि बढाइएको छ । कम्पनीले प्रारम्भिक रूपमा आवेदन दिन भदौ २३ गते अन्तिम मिति तोकेको थियो । तर, पर्याप्त आवेदन नआएपछि म्याद बढाउँदै भदौ ३१ गतेसम्म पु¥याइएको थियो। हालै देशभर देखिएको जेन–जी आन्दोलनका कारण कारोबारमा परेको असरलाई मध्यनजर गर्दै कम्पनीले पुनः […]

असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो […]

सुरक्षा निकायको सक्रियतामा ८४ प्रतिशत फरार कैदी पक्राउ

बैतडी । यही भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण जिल्ला कारागार बैतडीबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न जिल्लास्थित सुरक्षा निकायले सक्रियता देखाएका छन् । संयुक्त सुरक्षा टोलीले कैन्दीबन्दी पक्राउ गर्ने ‘अप्रेसन’ सञ्चालन गरी हालसम्म ८४ प्रतिशत फरार कैन्दीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “जिल्लाका सबै […]

अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं ।  देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु […]

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र बाँकी भूभागका […]

आजको विदेशी विनिमयदर : डलर र युरोको मूल्य घट्यो, पाउण्डको बढ्दा कुनदेशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै […]

रूपन्देही निर्वाचन क्षेत्र नं ३ को  उपनिर्वाचन रद्द

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने भनेको उपनिर्वाचन रद्द भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम कात्तिक १७ गते सोमबारका दिनका लागि तोकिएको उपनिर्वाचन रद्द भएको हो । रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट […]

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ललितपुरको सातदोबाटो बस्ने मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा दुर्घटनामा गम्भीर घाइते केसीको सोमबारमृत्यु […]

सरकारको निर्णय : ओली कार्यकालका सबै प्रस्ताव फिर्ता

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मन्त्रिपरिषद्‌मा पेस गरिएका तर निर्णयमा नपुगेका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले अघिल्लो सरकारको मन्त्रिपरिषद्‌मा टेबल भएका एजेन्डा कार्यान्वयन नगरी सम्बन्धित मन्त्रालयमै पठाउने निष्कर्ष निकालेको हो। गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश […]

विदेशी विनिमय सञ्चिति  ४.८ प्रतिशतले बढ्यो, १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनियम सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा असारको  तुलनामा ४.८ प्रतिशतले विदेशी विनियम सञ्चिति बढेको हो । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा […]