लालीगुराँस र सत्य साइलाई उपाधि

काठमाडौं। साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन बने । बूढानीलकण्ठको च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलई २२–१७ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । लालीगुराँसका लक्ष्मण बुढाले १३ […]

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम […]

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण संरक्षणसँगै दिगो पूर्वाधार विकास आवश्यक रहेकामा जोड दिएका छन्  । नेपाल वातावरण पत्रकार समूह र ‘अर्थ जर्नालिजम नेटवर्क’को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनले दुवै विषयसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी हाल आफूले सम्हालेको र सोहीअनुसार समन्वय गरिरहेको जानकारी गराए । मन्त्री चौलागाईंले मुलुक समृद्धि र जनताको […]

वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धनका लागि स्थापित रिभल्भिङ फन्ड सञ्चालनका लागि समझादारी

काठमाडौं । Sustainable Economic Development in Rural and Semi-Urban Areas (SEDRA) परियोजना अन्तर्गत ग्रामिण क्षेत्र र अर्ध-सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्धम प्रवर्द्धनमा German Development Bank (KfW) को वित्तीय सहयोगमा स्थापित ‘Revolving Fund’ सञ्चालनका निम्ति नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच २०८२ माघ २७ गते मंगलबार समझदारी भएको छ । […]

सम्पत्ति शुद्धीकरण निवारणमा साझा प्रतिबद्धता आवश्यकः गभर्नर पौडेल

काठमाडौं । ‘Contemporary Issues Pertaining to Anti Money Laundering and Combating the Financing of Terrorism (AML/CFT)’  ( सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषण विरुद्ध लड्ने समसामयिक मुद्दाहरू) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाद्वारा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै […]

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्यो

काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला २–३ महिनामा प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई विशेष रूपमा सम्मान गरेको छ । यस कार्यक्रममार्फत् छोटो समयमा नै याङ्गो राइडका सेवा मापदण्डहरू अपनाई यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने ड्राइभरहरूको योगदानको कदर गरिएको हो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ […]

ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने

काठमाडौं । ग्लोबल डायरीमार्फत् डिजिटल सेवाहरु एकै ठाउँमा पाइने भएको छ । नेपालमा डिजिटल सेवाहरू छुट्टाछुट्टै र विखण्डित रूपमा उपलब्ध भइरहेका सन्दर्भमा ग्लोबल डायरीले त्यसलाई एकीकृत गरी सेवा दिने काम गरेको छ । अबदेखि सामाजिक सञ्जाल, व्यवसाय सूची, समाचार, रोजगारी र कार्यक्रमसम्बन्धी सेवाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी ग्लोबल डायरी मार्फत् नागरिकले पाउन सक्ने छन् । […]

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एसियन लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ४६१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस बिमा कम्पनीको सेयर भाउ ४३९.०५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर बिहीबार कारोबार खुला हुनेछ ।

विश्वव्यापी अस्थिरताबीच बिटक्वाइनमा गिरावट, ४ महिनामा ५८ हजार डलर घट्यो, प्रतिक्वाइन ४० हजारसम्म झर्न सक्ने अनुमान

काठमाडौं ।  विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता र भू–राजनीतिक तनावबीच विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बिहीबार बिटक्वाइनको मूल्य झरेर करिब ६६ हजार ७०० सय अमेरिकी डलर (साढे ४ बजे) आसपास पुगेको छ । केही महिनाअघि १ लाख २४ हजार डलरभन्दा माथि पुगेको बिटक्वाइन हाल आफ्नो उच्च बविन्दुभन्दा झन्डै ५० प्रतिशत तल झरेको […]

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् । […]