नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

काठमाडौं । चन्द्र नयाँ वर्ष नजिकिँदै जाँदा चीनभर वार्षिक यात्राको भीड सुरु भएको छ, जसलाई संसारकै सबैभन्दा ठूलो मानव आवागमन मानिन्छ । सरकारले ४० दिनको यात्राअवधिमा करिब नौ अर्ब ५० करोड यात्राहरू हुने अनुमान गरेको छ । यो हालसम्मकै उच्च सङ्ख्या हो । सिचुआन प्रान्तको राजधानी चेङ्दु घर भएका लिउ झिक्वान बेइजिङबाट करिब दुई हजार […]

नेपाल र कतारबिचको संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल र कतारबिचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा द्विपक्षीय लगानी विस्तार गर्ने उद्देश्यले गठित नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । चन्द्रागिरीमा भएको बैठकमा दुई देशका निजी क्षेत्रबिच लगानी अभिवृद्धि र व्यापार विस्तारमा सहकार्य गर्ने ठोस प्रतिबद्धता व्यक्त भएको छ । सन् २०२४ को अप्रिलमा कतारका […]

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक ०.०४ अंकले घटेको छ । यस दिन बजार २६६२.०९ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८२ हजार ४५० पटक कारोबार हूँदा २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ६९ करोड […]

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलङ्काको निर्णायक कदम

काठमाडौं । श्रीलङ्काले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै देशको साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन व्यापक योजना अघि बढाएको छ । सरकारले संवेदनशील सूचना तथा महत्वपूर्ण सरकारी सेवा सञ्चालन गर्ने सबै प्रमुख निकायहरूलाई केन्द्रीय साइबर सुरक्षा सञ्चालन केन्द्रसँग आबद्ध गर्ने निर्णय गरेको जनाएको छ । यस व्यवस्थामार्फत सरकारी सञ्जालहरूको निरन्तर निगरानी, सम्भावित […]

५ लाख आप्रवासीलाई कानुनी मान्यता दिने स्पेनको निर्णय विवादमा

काठमाडौं । युरोपेली आयोगले स्पेन सरकारले अघि बढाएको आप्रवासी नियमितीकरण योजनाले अन्य सदस्य राष्ट्रहरूमा नकारात्मक प्रभाव पार्न नहुने स्पष्ट पारेको छ । आयोगले यस्तो कदमले युरोपेली सङ्घभित्रको आवतजावत र आप्रवासन व्यवस्थापनमा असन्तुलन सिर्जना गर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने जनाएको हो । स्पेन सरकारले करिब पाँच लाख अवैध रूपमा बसोवास गरिरहेका आप्रवासीहरूलाई कानुनी मान्यता दिने योजना […]

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौं ।  चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आज पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेको समझदारी पत्रअनुसार नेपालले आगामी वर्ष […]

अमेरिकी अटो उद्योग आर्थिक संकटमा, फोर्ड पनि प्रभावित

न्यूयोर्क । अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा घाटा व्यहोरेको जनाएको छ। यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो। उक्त अवधिमा कम्पनीले करिब ४५ दशमलव ९ अर्ब डलर आम्दानी गरेको भए पनि उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागतमा वृद्धि तथा आपूर्ति शृंखलामा आएको […]

‘कोडेभर ७.०’ सम्पन्न, एआई र रोबोटिक्समा विद्यार्थीको उत्कृष्ट प्रस्तुति

काठमाडौं ।  विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता यही माघ २६ गते, सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो। देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि […]

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, […]

प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको खातावालालाई अनुरोध

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल […]