दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ […]

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए । भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो […]

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं । नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात खुलाएकामा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासङ्घको टोलीले आज सिंहदरबारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालयमै पुगेर महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले तत्काल मह आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । नेपाली मह उत्पादनको मौसम सुरु भएका […]

एमाले फुटाउनु जीवनकै भूल थियो : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्प भएको बताउँदै पार्टी फुटाउनु जीवनकै भूल महसुस गरेको बताएका हुन् । मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार एमाले नै […]

मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सो रिटको पेसी कातिक २५ गतेका लागि […]

दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् । उनी महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ […]

आधा भन्दा बढी फाइनान्स कम्पनीहरु घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]

एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गर्ने भएको छ । आगमी मङ्सिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी ‘ससंदीय दल’को बैठक आह्वान गरिएको नेता महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार मुलुकमा विकसित राजनीतिक घटनाक्रमसहित लोकतान्त्रिक र संवैधानिक निकासका लागि परामर्श गर्ने उद्देश्यले बैठक आह्वान गरिएको […]

सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी […]

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

नयाँदिल्ली । धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको जोखिम सीमाभन्दा धेरै माथि पुगेको दिल्लीको […]