काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हटाउने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो । विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ […]

सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु

काठमाडौं ।  ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ। आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट […]

काठमाडौँ र नेपालगञ्जबाट भागेका दुई कैदी सुर्खेतमा पक्राउ

कर्णाली । जेनजी आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नगरपािलका–३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाको कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । उनका अनुसार विष्ट […]

कैदीबन्दीहरूलाई कारागार फिर्ता हुन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै आयोगले बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले […]

आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार

राँझा (बाँके) । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो । सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा […]

संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीतः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले शान्ति संविधान र लोकतन्त्रका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको जनाएको छ । मुलुकको पछिल्लो विकसित घटनाक्रमका सम्बन्धमा शुक्रबार राति बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानसम्मत नरहेको निर्णय गरेको हो । बैठकले उक्त कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको निष्कर्ष […]

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् । त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने […]

अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँशु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन : अध्यक्ष चन्द्र ढकाल

महासंघ अध्यक्ष चन्द्र ढकालको भावुक अपिल जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै […]

ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

ललितपुर। ललितपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ११ बजेदेखि हटाएको छ। जिल्लाको जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको हो। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निषेधाज्ञा हटाएको जानकारी दिए। ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ । आज बिहान ११ः ०० बजेदेखि निषेधाज्ञा हटाइएको हो । ललितपुरका प्रमुख […]

संसद विघटनले प्रतिगामी उद्देश्यलाई मद्दत पुग्यो : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम गरिएको भन्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाएका हुन् । उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन […]