महान्यायाधिवक्ताको शपथ ग्रहण ५:१० बजे हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।महान्यायाधिवक्ताको शपथ ग्रहण ५:१० मिनेटमा सर्वोच्च अदालतमा हुँदैछ ।

रूसमा ड्रोन आक्रमण: ७ सर्वसाधारण घाइते, तेल पाइपलाइनमा क्षति

मस्को। रूसका विभिन्न क्षेत्रमा आइतबार गरिएको ड्रोन आक्रमणमा कम्तीमा सात सर्वसाधारण घाइते भएका छन् भने उत्तरपश्चिमी क्षेत्रमा रहेको एक महत्वपूर्ण तेल पाइपलाइनमा क्षति पुगेको छ। रूसको बेलगोरोद क्षेत्रमा पर्ने ग्रायभोरन जिल्लाको जामोस्त्ये गाउँमा ड्रोन आक्रमण हुँदा सर्वसाधारण बोकेको मिनीबस लक्षित भएको बताइएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्लाडकोभका अनुसार उक्त आक्रमणमा सात जना घाइते भएका छन्, जसमा […]

मध्यपूर्व युद्धले युक्रेन ओझेलमा

इस्तानबुल। मध्यपूर्वमा चर्किंदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने चिन्ता युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले व्यक्त गरेका छन् । उनका अनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा वासिङ्टनको ध्यान विभाजित भइरहेको छ, जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ । इस्तानबुलमा एसोसिएटेड प्रेससँग शनिबार राति भएको विशेष अन्तर्वार्तामा […]

सभामुख डीपी अर्यालले गरे पद बहाली

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।  

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन् । अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका छन् । यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन […]

सभामुखले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं ।संघीय प्रतिनिधिसभाको नव निर्वाचित सभामुख डोल प्रसाद अर्ताल(डि.पी) ले आज राष्ट्रपति रामचन्द्र पौडेसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान बसेको प्रतिनिधिसभाको बैठकमा उनी पाँच बर्षको लागि सर्व सम्मत सभामुखमा निर्बाचित भएका थिए । उनलाई राष्ट्रपति कार्यलयमा आयोजित एक समारोहमा राष्ट्रपतिले सपथ गराएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति र काठमाडौ […]

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति सिग्देल

लुम्बिनी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताएका छन् । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व […]

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेप्से सूचकमा भारी गिरावट, लगानीकर्ताको खरबौंको सम्पति खरानी हुँदा पनि सरकार मौन

काठमाडौं । नेप्से सूचक आइतबार १०५.५० अंकले घटेको छ । बजार यसदिन ३.७९ प्रतिशतले घटेर २६७६.६८ विन्दुमा झरेको छ । यो गएको असोज २ गते यताकै उच्च गिरावट हो । यसले नयाँ सरकार प्रति लगानीको विश्वास कम भएको देखिन्छ । नयाँ सरकार गठन भएयता मार्केट दैनिक जस्तो घटेको छ । बजार ६ कारोबार दिनमा करिब […]

मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

काठमाडौं । सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो ।प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले  सरकारले पेट्रोलियम आपूर्तिको सङ्कट टार्न आगामी चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने […]