धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ आकर्षक छुटदेखि ग्राहकलाई लाइफ टाइम निःशुल्क चार्जिङ सम्म

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु हुन गइरहेको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित GARS ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्।  पर्वको […]

कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी थियो । गत पुस २७ गतेदेखि जारी […]

गगन नेतृत्वको कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं  । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो । उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् […]

पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत रहने अनुमान गरिएको छ । कार्यालयले बुधबार कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिवेदन सार्वजनिक गर्दै पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने अनुमान गरेको हो । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रमौसमा सुरुपमा तीन दशमलव चार प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान […]

पुष्पलाल मध्यपहाडी लोकमार्ग : पर्वत खण्ड मर्मत सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी […]

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

काठमाडौं । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो। चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए। डढेलोले संरक्षण क्षेत्रभित्रका वन्यजन्तु, जैविक विविधता, मानव स्वास्थ्य तथा […]

सूचना प्रविधिमार्फत हुने दुष्प्रचार न्यूनीकरणमा आयोगको जोड

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगमा कार्यरत कम्प्युटर अपरेटरहरूका लागि काठमाडौंमा आयोजित दुईदिने एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली तथा साइबर […]

हालसालै आइपीओ बिक्री गरेको सालपा विकास बैंक घाटामा, कर्णाली डेभलपमेन्टले कमायो १२ करोड ७५ लाख नाफा, कुन बैंकको कति ?

काठमाडौं । हालसालै आइपीओ जारी गरेको सालपा विकास बैंकले मंसिरसम्म करिब २ करोड रुपैयाँ घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सालपा विकास बैंकले चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ९४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । तथ्यांक अनुसार १७ वटा विकास बैंकहरुले समग्रमा १ अर्ब ९५ करोड नाफा आर्जन […]

साताको १० घण्टाभन्दा बढी भिडियो गेम खेल्ने युवामा स्वास्थ्य जोखिमको खतरा

काठमाडौं । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवाहरूमा मोटोपन र अनिद्रा जस्ता समस्या देखिने पुष्टि गरेको हो।’न्यूट्रिशन’ जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ विद्यार्थीहरूलाई सहभागी गराइएको थियो। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई खेल […]

कञ्चनपुर-कमला सडक विस्तारः पाँच वर्षमा ६९ प्रतिशत प्रगति, ओभरपास र डिजाइनको सकस

सिरहा । नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन । सन् २०२० जुनमा चाइना रेलवे […]