निजामती कर्मचारीहरुको आह्वान, ‘सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुटौं’

काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् । उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छ भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । […]

नेपाल राष्ट्र बैंकले भन्यो, ‘सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्नु’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई सीमित कर्मचारीमार्फत आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ । ‘यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) […]

माइतीघर क्षेत्रमा सेनाको कडा सुरक्षा र चेकजाँच

काठमाडौं । नेपाली सेनाले माइतीघरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ। माइतीघर आइपुग्नु अघि ठाउँठाउँमा नेपाली सेनाले चेक जाँच गरिरहेको छ । माइतीघर मण्डलालाई ठूलो संख्यामा सेना परिचालित छन् । ‘संविधान बचाउ’ केही युवाले प्रदर्शनको तयारी गरेको सूचनापछि सेनाले निकै कडाइ गरेको हो।

काठमाडौंमा खुल्न थाले बैंकका शाखा

काठमाडौं । काठमाडौ उपत्यका भित्र  बैंकहरू खुल्न थालेका छन्।  गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका आउन थालेका छन् । परिचय पत्रको आधारमा बैंकका कर्चारीलाई आवत जावत गर्न दिइएको छ । काठमाडौ सहित देशभर आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। बाणिज्य बैङ्कका सीईओहरूको संगठन […]

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ५०० रुपैयाँले घटेर २ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उनले भने । विमानस्थलको हालको […]

संवैधानिक प्रक्रियाबाट देशको आजको संकट निकाल्न पेसागत सञ्जालको सुझाव

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई  संकटबाट निकाल्न  सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]

चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

चितवन। चितवन जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी […]

प्रहरी एकाइ पुन : स्थापना

ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका […]