नेपालले १३८ मुलुकसँगको व्यापारमा घाटा व्यहोर्यो ,भारतसँग मात्र झण्डै ९ खर्बको व्यापार घाटा

काठमाडौं । नेपालले १७३ वटा मुलुकसँग व्यापार गर्दा १३८ वटा मुलुकसँग व्यापार घाटा व्यहोरेको छ । बाँकी ३५ वटा मुलुकसँगको व्यापारमा नाफा कमाएको छ । नेपालले सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, संयुक्त अरब इमिरेटस् (युएइ), यक्रेन, मलेसिया, अष्ट्रेलिया, अर्जेन्टिना लगायतका मुलुकसँग छ । समीक्षा अवधिमा भारतसँग ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ, चीनसँग २ खर्ब ९६ […]

उदयपुर सिमेण्ट उद्योगको अध्यक्ष पदमा ४ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । उदयपुर सिमेण्ट उद्योगको रिक्त अध्यक्ष पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष पदका लागि टेक बहादुर राउत, मित्र बहादुर विष्ट, परमेश्वर घिमिरे र रमेश तिवारी खत्रीले प्रतिस्पर्धा गर्न लागेका हुन् । राउत उदयपुर त्रियुगा ११, विष्ट मोरङ कानेपोखरी ६, घिमिरे उदयपुर त्रियुगा ११ र खत्री उदयपुर कटारी ३ का रहेका […]

द्धन्द्धग्रस्त मुलुक इजरायलमा आगामी दिनमा २ हजार नेपाली लैजाने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमत भएको छ । हाल छनोटका चरणमा रहेका ५ सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल ८ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो संख्या बढाएर १ […]

बर्खा याममा कान किन धेरै पाक्छ ? यसको उपचार विधि !

बर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र […]

असुसको तीन एआई ल्यापटप नेपालमा सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९ हजार ९००

काठमाडौं । नेपालका असुस ब्रान्डको आधिकारिक बिक्रेता नागमणी इन्टरनेसनले असुसको तीन एआई ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमका बीच असुसका एआई ल्यापटप असुस भिभोबुक एस१५, असुस भिभोबुक एस१५ र असुस भिभोबुक एस१४ सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा कम्पनीका कन्ट्री प्रोडक्ट म्यानेजर अभिनास भोस्ले असुस नेपालमा एआई कम्प्युटर लन्च गर्ने पहिलो ब्राण्ड भएको बताए। […]

स्मार्टफोनको आयात १७ प्रतिशतले बढ्यो, गत आवमा २८ अर्ब ६६ करोडको स्मार्टफोन भित्रियो

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। यस अवधिमा १८ लाख ३९ हजार ३५ यूनिट स्मार्टफोन आयात भएको हो। स्मार्टफोनको आयात बापत सरकारले ५ अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व […]

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य स्थिर देखएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सोमबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा किन बेच भएको छ। चाँदीको मूल्य पनि स्थितर रहँदै […]

गोलभेँडाको मूल्य बढ्दा कागतीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य ६६रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७० रहेको छ जुन हिजोको ६.६ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य१८ रुपैँयामा कारोबार […]

नेपाल लाइफ क्यापिटलको हकप्रद शेयर बोलकबोलमा किन्न पाइने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको साधारणसभाबाट पारित भई १:०५ अर्थात ५०% ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.१००/- दरको १४,९९, ५१८ कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो समय भित्रमा १०,९९, १२९ कित्ता हकप्रद साधारण शेयर खरिदका लागि मात्र  आवेदन प्राप्त भई   संचालक समितिको १०३औं बैठकले उक्त दरखास्त प्राप्त शेयरधनीहरुलाई […]

कोदोको उत्पादन घट्यो, पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात

काठमाडौं ।पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०(८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए । उनका अनुसार आव २०७९र८० मा रु ५१ करोड ३१ लाख […]