हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ […]

देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू–भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र […]

डलरको मूल्य स्थिर, युरोको घट्दा पाउण्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको थियो । […]

राउन्ड अफ १६: ब्राजिल-नर्वे र मेक्सिको-इङ्गल्याण्ड भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) अन्तर्गत दुईवटा खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र  नर्वे आमनेसामने हुँदैछन्। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे सुरु हुने यो  खेल अमेरिकाको प्रख्यात न्यू योर्क न्यू जर्सी रंगशाला मा खेलाइनेछ, जुन यसै विश्वकपको फाइनल खेल आयोजना हुने मुख्य […]

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै […]

रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित विश्वकपको अनुभव

काठमाडौं ।  रामादा बाई विन्धाम इटहरीले यो विश्वकप सिजनमा फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा बसेर प्रत्येक खेल आरामदायी वातावरणमा हेर्न चाहने दर्शकहरूलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको हो। “Big Match on TV, Premium Service on Call” नाम दिइएको यो प्याकेजअन्तर्गत पाहुनाहरूले आफ्नो कोठामै बसेर फिफा विश्वकपका […]

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

काठमाडौं । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्। स्विस बैङ्क युबिएसका कमोडिटी विश्लेषक […]

ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा

काठमाडौं । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन्। यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए। वाशिङ्गटनमा आँधीका कारण भीडलाई केही समयका लागि खाली गर्नुपरेकोले केही घण्टा ढिलो भएको सम्बोधनमा ट्रम्पले भने, “मेरो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिका […]

नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौं ।  आउँदो  भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो। आज  असार २१ […]

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयलाई पनि सहज हुने बताए। […]