नेको इन्सुरेन्सको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको सञ्चालकमा मिनराज पोखरेल नियुक्त भएका छन्। कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका प्रताप सुवेदीको स्थानमा पोखरेललाई मनोनित गरिएको हो। बैंकले बाँकी कार्यकालका लागि पोखरेललाई सञ्चालकमा मनोनित गरी पठाएपछि नेको इन्सुरेन्सको बुधबार  साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औँ बैठकले उनको नियुक्तिलाई समर्थन गरेको कम्पनीले […]

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो । आज चाँदी भने २५ रुपैयाँले बढेको […]

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ । उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ […]

शिखर पावर डेभलपमेन्टको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले अन्जु पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको  शुक्रबार दिउँसो ३ः३० बजे बसेको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीको २०८२ मंसिर १६ गते सम्पन्न वार्षिक साधारणसभाको निर्णय  बमोजिम कम्पनी सचिव नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको थियो। सोही अधिकार प्रयोग गर्दै समितिले […]

९ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र रद्द

काठमाडौं । अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन इजाजतपत्र निलम्बन तथा खारेज गरेको छ । उच्च शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार सात निजी उच्च शिक्षा संस्थाको इजाजतपत्र एक वर्षका लागि निलम्बन गरिएको छ भने दुई संस्थाको इजाजतपत्र स्थायी रूपमा खारेज […]

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

काठमाडौं । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति ।प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् । वडा नं ४ […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी

काठमाडौं । वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू ‘सुपर–स्प्रेडर’ अर्थात् तीव्ररूपमा सङ्क्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन् । समुद्री जीवविज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाडी र ओमानको खाडीबीचको महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षासम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । यो प्रतिवेदन ‘बायोलोजिकल इन्भेसन्स’ नामक जर्नलमा प्रकाशित छ । […]

अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आइतबार पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित […]