नेप्से पुनर्संरचना प्रतिवेदन : चुक्ता र लगानी पुँजी वृद्धि गर्नुपर्ने, दिइयो तीन विकल्प

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचना गर्न गठन भएको अध्ययन समितिले नेप्सेको चुक्ता पुँजी समसामयिक वृद्धि गर्नु आवश्यक रहेको बताएको छ । अध्ययन समितिले बुझाएको १२६ पृष्ठ सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । प्रतिवेदनले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले ३ अर्बको चुक्ता पुँजी र १ अर्बको […]

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा ३ दिने’Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न

पोखरा।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स (Transitioning to the Age of Artificial Intelligence) भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम (Employee Skill Enhancement Program) होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष, […]

देउराली जनता फर्मास्यूटिकल्सले मनायो ३५औं वार्षिकोत्सव, चितवनमा ४७५ करोडको नयाँ कारखाना निर्माण हुने

काठमाडौं । देउराली–जनता फार्मास्यूटिकल्स प्रा. लि. ले आफ्नो ३५औँ वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरेर मनाएको छ । औषधि उत्पादन क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएको कम्पनीले यस अवसरमा गुणस्तरीय औषधि उत्पादन, आत्मनिर्भरता र निर्यात विस्तारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। उच्च प्रविधिमा आधारित औषधि उत्पादनमार्फत नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको देउराली–जनताले हाल क्याप्सुल, […]

निर्वाचन सुरक्षा:चार जिल्ला संवेदनशील

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही बमोजिकको सुरक्षा […]

‘नागरिकका समस्या बुझ्ने नेतालाई भोट’

ढोरपाटन (बागलुङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् । हरेक चुनावमा आश्वासन मात्रै दिने तर चुनाव जितेपछि काम नगर्ने प्रवृत्ति दोहोरी रहेको उनीहरुको गुनासो छ । बागलुङ क्षेत्र नं १ अन्तर्गत […]

सरकारले संघीताको भावनाअनुसार काम गर्न सकेन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन् । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको […]

काभ्रेका १३५ वडाबाटै अनलाइनबाट नागरिकता सिफारिस

काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ । जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो । नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन […]

 विश्व बैंकको नेपाललाई करिब १२ अर्ब रुपैयाँ सहयोग

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा दिगो तथा समावेशी वित्त विस्तार गर्न ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) बराबरको परियोजना स्वीकृत गरेको छ। यस परियोजनामार्फत १ लाखभन्दा बढी साना तथा मझौला उद्यम (एसएमई) लाई वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमुखी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। विश्व बैंकका माल्दिभ्स, नेपाल र […]

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि तीन वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८५’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा […]

अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो । […]