युनिक नेपाल लघुवित्तको साधारणसभा फागुन १३ गते, मर्जर प्रस्ताव पारित गर्ने 

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गतेका लागि ७ औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बाँके जिल्लाको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सुरु हुने छ । कम्पनीको सञ्चालक समितिको पुस २२ गते बैठकले लाभांश […]

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग […]

सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

भोजपुर । सिँचाइ सुविधा विस्तार भएपछि यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिए । बन्दाकोभी, काउली, मटरकोसा, […]

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय थप 

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमो आवेदन दिने समय थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो । समय थप भएसँगै अब कम्पनीको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा […]

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा The HRM Awards for Corporate Excellence 2025 अवार्डबाट सम्मान गरिएको छ । सो अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहकाबीच नेपाल लाइफका […]

समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो (सूचीसहित)

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका […]

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । ६ वटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० […]

ब्याजदर घटेपछि म्युचुअल फन्डहरुको आकर्षण स्टक मार्केटमा, घट्यो बैंक मौज्दात

काठमाडौं । निक्षेपमा पाइने ब्याजदर कम हुँदै गएपछि सामूहिक लगानी कोषहरुले सेयर बजारमा लगानी बढाएका छन् । बैंकको ब्याज भन्दा धेरै प्रतिफल सेयर बजारबाट प्राप्त गर्न सकिने भएपछि फन्डहरुले मार्केटमा लगानी बढाएका हुन् । त्यसैले फन्डहरुको बैंक मौज्दात घटेको छ । चालु आर्थिक वर्षको पुससम्म आइपुग्दा म्युचुअल फन्डहरु बैंक मौज्दातमा १० अर्ब १७ करोड रुपैयाँ […]

नेप्से परिसूचक ४७ अंकले बढ्यो, कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब

काठमाडौं । सेयर बजार परिसूचक ४७.३१ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेप्से परिसूचक ४७.३१ अंकले बढेको हो । २०८१ पुस मसान्तमा २५९४.१३ रहेको नेप्से सूचकाङ्क २०८२ पुस मसान्तमा बढेर २६४१.४४ विन्दुमा कायम भएको छ । २०८२ पुस […]