भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत, शिक्षा मन्त्रालयको कार्यभार प्रल्हाद जोशीलाई

काठमाडौं । भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै […]

यात्रीलाई बासी खाना खुवाउने होटेललाई २५ हजार जरिवाना

काठमाडौं ।यात्रीलाई बासी खाना खुवाएको आरोपमा देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार […]

वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्म बाढी, पहिरो र लेदो खसेका कारण विभिन्न ठाउँमा आवतजावतमा रोक लगाइएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन […]

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा साउन ३० मा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो। यस वर्षको साधारण सभाको प्रमुख एजेन्डाका रूपमा अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति […]

ढुक्क हुनुहोस्, एक पटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । […]

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार यही साउन ७ गते राति भएको उक्त घटनाको अनुसन्धानका क्रममा व्यास नगरपालिका–७ तनहुँका स्थायी बासिन्दा […]

‘उद्योगको बक्यौता नउठाउने, जनतालाई भ्याट थप्ने’ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूको बाँकी विद्युत् महसुल असुलीमा सरकारले देखाएको मौनतामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनलाई प्राथमिकता दिएको सरकारले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। घिसिङले लोडसेडिङको समयमा विशेष सुविधा […]

सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाले आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ । सिद्धार्थ बैंक कोष प्रवर्द्धक रही सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालनमा रहेको खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले आर्थिक वर्ष २०२ /८३ को प्रतिफल घोषणा गरेको हो । यस योजनाको आर्थिक वर्ष २०८२ /८३ को लेखापरीक्षण कार्य […]

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड […]

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । […]