प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको उक्त बैठक केहीबेरदेखि सञ्चालनमा रहेको हो।यो नियमित मन्त्रिपरिषद् बैठक भएको जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ । यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम

सिड्नी । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ । गत वर्ष डिसेम्बर १० देखि अष्ट्रेलियाले मेटा, टिकटक र युट्युब जस्ता ठूला प्लेटफर्महरूलाई अवयस्क प्रयोगकर्ताहरूले खाता नखोल्ने […]

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

चौतारा(सिन्धुपाल्चोक)।चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका […]

इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

दुबई। इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्, तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् । आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा […]

सडक सञ्जालमा जोडिँदै गुर्जा

म्याग्दी।‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक […]

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित […]

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला

काराकास। भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहो¥याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो । भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहो¥याइएको छ । सरकारका अनुसार यी […]

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुने भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन हुने भएको हो। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना […]

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

धुलिखेल।काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ […]