अमेरिकाका राजदूत थम्सनले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको दर्नाल र केसी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर […]

आइएमई लाइफको लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित […]

ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता

भोजपुर । ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित रामप्रसाद राई गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । ज्येष्ठ नागरिकलाई घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा […]

साढे २ अर्ब अतिरिक्त भार खारेजीको माग गर्दैै एनसेलले सरकारलाई बुझायो मागपत्र

काठमाडौं । आगामी चार वर्षपछि लाइसेन्स नवीकरण नगर्ने गरी सरकारले गत वर्ष गरेको निर्णयमा पुनर्विचार गर्न निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अनुरोध गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसलेलले टेलिकम क्षेत्रमा आफूहरुले पुर्याएको योगदानको कदर गर्न आग्रह गर्दै नेपाल सरकारलाई मन्त्रिपरिषद्को निर्णय पुनरावलोकनको लागि अनुरोध गरेको हो। सरकारले गरेको निर्णयले एनसेललाई साढे २ […]

४.५९ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेको छ । बजार २६४०.५४ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६९ हजार २६१ पटक कारोबार हुँदा १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । करोबार रकम भने ४ अर्ब ९० करोड ८० लाख पुगेको छ । बुधबारको तुलनामा […]

हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजरको भूमिकामा अनुभवी तुषार नगर नियुक्त

बुटवल। हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भुमिकामा हस्पितलिटि क्षेत्रका अनुभवी तथा दिग्गज तुषार नगरले सम्हाल्ने भएका छन्। यो नयाँ भूमिकामा, नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, उनले अतिथि सत्कारमा उच्च गुणस्तर र उत्कृष्ट सेवा प्रवाह गर्ने संस्कृतिको विकासमा मुख्य भूमिका खेल्नेछन्। हस्पिटालिटी […]

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उनले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताएका हुन् । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका […]

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्धारा पद तथा गोपनियताको सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बिहीबार गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र ज्यू समक्ष पद तथा गोपनियताको […]

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका […]