राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा […]

राष्ट्रपति पौडेल जापानमा

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई त्यहाँस्थित नारिता अन्तरराष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]

त्रिभुवन विमानस्थलका भन्सार अधिकृत न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखका अधिकृत न्यौपाने,सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई २ लाख ६८ हजार २८८ रुपैयाँ र […]

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै उक्त प्रदेशको आर्थिकवृद्धिमा मद्दत पुग्ने विश्वास गरेका छन् । उनले विगतमा ३३ केभी क्षमताको प्रसारण लाइनबाट कर्णाली प्रदेशमा विद्युत् आपूर्ति […]

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२६ समारोह सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलोजीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८२ साल माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२६ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन्२०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२६ ’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ । पानसमा दीप प्रज्वलन गरी कम्पनीका […]

१३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ थियो । यता, चाँदी पनि ३ सय रुपैयाँले […]

समयमा भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी समस्यामा

राँझा (बाँके)। समयमा भुक्तानी नहुँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येकवर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताएका छन् । जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम […]

उम्मेदवार गाँउमा मतदाता शहर र बजारमा

काठमाडौं । मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता  को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही  मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय […]

पाकिस्तानको अडानले विश्व क्रिकेट संरचनामा असर पर्ने आईसीसीको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान सरकारले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा आफ्नो राष्ट्रिय टोलीको सहभागिताबारे व्यक्त गरेको धारणा प्रति औपचारिक प्रतिक्रिया दिएको छ। परिषद्ले उक्त विषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेको जनाएको छ। आईसीसीले जारी गरेको अभिव्यक्तिमा विश्वस्तरीय प्रतियोगिताको मूल आधार नै सबै छनोट भएका टोलीले […]

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

काठमाडौं । केटलिन फोर्डले अतिरिक्त समयमा ‘ब्रेकअवे’ बाट निर्णायक गोल गरेपछि आर्सनलले ब्राजिलको कोरिन्थियन्सलाई ३–२ ले पराजित गर्दै पहिलो महिला च्याम्पियन्स कपको उपाधि जितेको छ। आइतबार एमिरेट्स स्टेडियममा भएको फाइनल खेल निकै रोमाञ्चक रह्यो। दोस्रो हाफको इन्जुरी समयमा कोरिन्थियन्सकी भिक्टोरियाले मुसलधारे वर्षाबीच पेनाल्टी गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याएकी थिइन्। तर, अतिरिक्त समयको १०४औं […]