गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार हाल एक लाख ३१ हजार १२७ जना […]

हुस्सुको कारण विभिन्न विमानस्थलमा उडान ठप्प

काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद […]

१० वर्षमा कति भयो बीमालेखा जारी संख्या ?

काठमाडौं । पछिल्लो सयम जीवन र निर्जीवन गर्ने बीमा संख्या बढे पनि त्यो पर्याप्त हुन सकेको छैन । जीवन र निर्जीवन बीमा जारी संख्या १ करोड बढी पुग्दा पनि उक्त संख्या पर्याप्त हुन नसकेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा कुल जनसङ्ख्याको ४८.३३ प्रतिशत नागरिकमा बीमा सेवाको पहुँच रहेको छ […]

सीमा विवाद सम्बन्धमा कम्बोडिया–थाइल्यान्ड आरबीसी सचिवालय बैठक सहमति जुटाउन असफल

नोम पेन ।  कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्ष विच कुनै पनि सहमति जुटाउन असफल भए पछि बिहीबार सम्पन्न भएको कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले बताएका छन् । कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो […]

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

काठमाडौं । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन […]

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं । मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो […]

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर  सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी-मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् ।  बुधबार बिहान […]

प्राइम टायल्सले प्राप्त गर्यो एनएस प्रमाणपत्र

काठमाडौं । प्राइम टायल्सले ले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग (Bureau of Nepal Standards and Metrology – BNSM) बाट NS 617 अनुसारको NS प्रमाणपत्र प्राप्त गर्दै नेपालको Wall र Floor टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी को रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। यस प्रमाणपत्रले Prime Tiles का उत्पादनहरू राष्ट्रिय […]

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’

सिरहा । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछौ आमा रु” तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र […]