रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ। लामिछाने निवास पुगेर शाहीले आज भेट गरेका हुन्। रास्वपा सभापति लामिछाने र राप्रपा संसदीय दलका नेता शाही बीच करिब एक घण्टा लामो भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। भेटमा मुख्यतः प्रतिनिधि सभाको […]

सुलभ अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन्। व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। दीपक भट्टसँगको सम्बन्धको आधारमा उनलाई पक्राउ गरिएको हो । भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप अघि बढाएको प्रहरीको भनाई छ । शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको थियो। […]

एशियन लाइफ इन्स्योरेन्स १९ औँ वर्षमा प्रवेश

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको छ। डेढ दशकभन्दा लामो व्यवसायिक यात्रा तय गरेको कम्पनीले यस सुखद् अवसरमा आफ्ना बीमित, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै १८ वर्षका मुख्य उपलब्धि र वित्तीय विवरणहरु सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार एशियन लाइफको वित्तीय स्थिति अत्यन्त सबल देखिएको […]

गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी आरोप

काठमाडौं । काठमाडौं, कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो। प्रहरीले बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने […]

नेको इन्सुरेन्सद्धारा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुयाउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । नेको इन्सुरेन्स लिमिटेडले सरकारको प्राथमिकतामा रहेको कृषि तथा पशुपन्छी बीमा सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग तथा पशु सेवा […]

काँकडभिट्टा–लौकही सडकमा नेपालकै ठुलो एनिमल पास बन्दै

काँकडभिट्टा । काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै सबैभन्दा ठुलो एनिमल ओभरपास निर्माण भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा झापाको चारआली क्षेत्रमा हात्तीहरूको आवतजावतका लागि यो विशेष रुट बनाइएको हो। १५ मिटर चौडाइ र ६ दशमलव ५ मिटर उचाइका दुईवटा पुल निर्माणसँगै निगरानीका लागि क्यामेरा जडान गरिनेछ। काँकडभिट्टा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठुलो […]

नेप्सेमा ७ करोड ७५ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा यो साता ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता सेयर सूचीकृत भएको छ । आइतबार देखि शुक्रबारसम्ममा नेप्सेमा उक्त सेयर सूचीकृत भएको हो । गत आइतबार नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर बापत ५ करोड कित्ता सेयर र गत सोमबार प्रभु महालक्ष्मी लाइफको ४ प्रतिशत बोनस सेयर बापत २० लाख […]

कलाकार ‘बले’ पक्राउ

काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

पौवादुङमामा कर सम्बन्धी सेवा शुभारम्भ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो । संघीय सरकारको गत असोज १७ गतेको निर्णयअनुसार साबिक करदाता सेवा कार्यालय, भोजपुरबाट प्रदान हुँदै आएका केही […]

सुनको मूल्यमा उतारचढाव, साताभरमा १३ हजारले बढ्यो 

काठमाडौं । यो सता नेपाली बजारमा सुनको मूल्य १३ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेको हो । चैत २० गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९४ हजार […]