१५० प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १५० प्रतिशतले नाफा बढेको हो । बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन बैंकले गत आवको […]

करिब १८ प्रतिशतले घट्यो एनएमबि बैंकको नाफा, इपीएस कति ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १७.७१ प्रतिशतले नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब […]

प्रभु बैंकका १४ शाखा कार्यालय समायोजना

काठमाडौं । प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो । बैंकले ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीका ३ तथा चितवनका १ शाखा समायोजन भएको छ । मोरङ जिल्लामा गोल्छाचोकस्थित शाखालाई तिनपैनी शाखामा मर्ज गरिनेछ। […]

घट्यो एनआईसी एशिया बैंकको नाफा, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको […]

नबिल बैंक कमायो करिब ५ अर्ब नाफा, वितरणयोग्य नाफा ३ अर्ब बढी ?

काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा करिब ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बैंकले ४ अर्ब ७५ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा […]

लक्ष्मी सनराइज बैंकको खुद नाफा ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा ऋणात्मक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ऋणात्मक देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा १६.२९ प्रतिशतको गिरावट आएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ […]

साढे ६ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले र्सावजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिसकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ६ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही […]

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन […]

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो […]