घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०६ अंकले घटेर ४७१.१९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.३८ अंकले र सेन्सेटिभ इन्डेक्स १.१८ अंकले घटेको हो । […]

१ वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति कति ?

काठमाडौं । गत वर्ष विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत असारमसान्तसम्म १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड  पुगेको छ । अघिल्लो […]

छिमेकी देश पाकिस्तानको सेयर बजार २ महिनामा २८ प्रतिशत बढ्यो, श्रीलंकाको पनि हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । छिमेकी देश पाकिस्तानको सेयर बजार २ महिनामा २८.४४ प्रतिशत भन्दा धेरैले बढेको छ । पाकिस्तान स्टक एक्सचेन्जको बेन्चमार्क ‘केएसई १००’ हाल १ लाख ४९ हजार विन्दुमा बन्द भएको छ । २ महिना अघि अर्थात, जुन २३ मा उक्त सूचकांक १ लाख १६ हजार अंकमा थियो । २ महिनामै मार्केट ३३ हजार अंकले बढेको […]

चीनको अटोमोबाइल कम्पनी अक्वेल नेपालमा,आधिकारिक बिक्रेता बन्यो ईभी गो

काठमाडौं । चीनको  अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रीएको छ । हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल भित्रीएको  हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको ईभी गो […]

सेयर धितो कर्जा ५६ प्रतिशतले बढ्यो, अरु कुन-कुन क्षेत्रमा कति गयो ऋण ?

काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो । यता, गत […]

आधा खर्ब माथि बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

२३०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको छ । यो सँगै आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार […]

बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सले आइपीओ जारी गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज ३ गते होटल एल्लो पगोडा, कान्तिपथ, काठमाडौंमा बिहाना ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष […]

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालय आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल २२ लाख ५ हजार ८७१ जनाले कुल […]