युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मङ्गलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध […]

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल। दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । […]

६ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे ९४ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासम्ममा १ करोड १४ लाख ५५ हजार २३५ वटा बिमालेख बिक्री गर्दै  ९४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । पुस महिनामा मात्र बीमाहरुले ३ लाख ६३ हजार ६९६ वटा बीमालेख बिक्री गर्दै १७ अर्ब ४७ करोड ४० लाख […]

पहिलो आधुनिक ‘चन्द्र नहर’का संरचना सुधार : उत्पादन वृद्धि तथा किसानको आयस्तर बृद्धि हुने

काठमाडौं । नेपालमा सरकारीस्तरबाट निर्माण गरिएको पहिलो आधुनिक सिँचाइ प्रणाली ‘चन्द्र नहर’का संरचनालाई सुधार गरिएको छ । शताब्दी पुरानो सो नहरका ३२ प्रमुख संरचनाहरूको पुनर्निर्माण तथा सुदृढीकरण सम्पन्न गरिएको हो । त्रियुगा नदीलाई मुख्य पानीको स्रोत मानेर निर्माण गरिएको यस नहर प्रणालीबाट २८ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर तथा थप शाखा नहरमार्फत करिब […]

क्यानडा र युएई पठाउने नाममा लाखौं ठगी ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका-३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुँवर पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ममता कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव बस्ने गुल्मी रूरूक्षेत्र नगरपालिका-२ घर भएकी ३५ वर्षीया कुँवरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको गत वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा १ लाख ६३ हजार ५ […]

राष्ट्रिय सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ। बुधबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा लगायतले शीतल निवास पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति  पौडेललाई हस्तान्तरण गरेको छ। राष्ट्रिय सभाको […]

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली […]

‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्दै अर्थमन्त्री खनालले […]

हिमपातले मगुमा सडक तथा हवाई सेवा बन्द

काठमाडौं । मुगु । लामो खडेरि पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ । राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ । हिमपातपछि बालीनाली सप्रने आसामा […]