विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ। विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ ।बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध […]

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागती खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत […]

चीनद्वारा २ नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

वेन्चाङ । चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान–२९ए’ र ‘शिजियान–२९बी’ नामका उपग्रहहरू बिहान ६ः४० बजे (बेइजिङ समय) लङ मार्च–७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् । प्रक्षेपणपछि दुवै उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । शिजियान–२९ए र शिजियान–२९बी चीनद्वारा प्रक्षेपण गरिएका प्रायोगिक […]

प्याब्सनले ३५औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ। यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ। स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत […]

प्रधानमन्त्रीको सहभागितामा आज आर्थिक सुधार, लगानी अभिवृद्धि भूमिकाबारे संवाद हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा आज सर्वपक्षीय राष्ट्रिय संवाद राखेको छ। महासंघ अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र उकास्ने उद्देश्यले यो संवाद राखिएको बताएका छन्। संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने महासंघले जनाएको छ। संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार […]

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय रहेको मन्त्रालयले जनाएको छ ।

सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए । पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको बैंकले जनाएकाे छ ।

नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) शेयरका लागि आवेदन दिनु पर्नेछ। बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ […]

टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक: सबैभन्दा धेरै खोजियका सेलिब्रेटिमा प्रियंका कार्की र राजेश हमाल

काठमाडौं ।  टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची  सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ। २०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज […]

करिब २ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपलाी बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि १२० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ […]