मनसुनको अबस्था कमजोर कोशी र सुदूरपश्चिम प्रदेशका केहि भु-भागमामा बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ३९ पैसा बिक्रि दर १ […]

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ सार्वजनिक

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित उदघाटन समारोहमा […]

गण्डकी र लुम्बिनी प्रदेशको ‘सूचना महामार्ग’ परियोजना नेपाल टेलिकमलाई

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचना महामार्ग’ परियोजनाको दोस्रो प्याकेज (गण्डकी र लुम्बिनी प्रदेश) निर्माणको ठेक्का नेपाल टेलिकमले पाएको छ। शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल टेलिकमकी निमित्त प्रबन्धनिर्देशक सविना मस्के प्रधानबीच सम्झौतापत्र आदानप्रदान भएको हो। परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल टेलिकमले मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक एक […]

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको  छ।  निगमले भोलि ३१ साउन २०८२, १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको र  डिजेल र मट्टितेलको मूल्य घटाएको   हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ  बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा  प्रतिलिटर १  रूपैयाँ घटाएको छ । […]

भन्सार विभागको महानिर्देशक सहित अर्थका १२ सहसचिवको सरुवा को कहाँ ?

काठमाडौं । अर्थ मन्त्रालयले १२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज साउन ३० गतेको निर्णय अनुसार शुक्रबार १२ जना सहसचिवको सरुवा गरेको हो । मन्त्रालयले  सरुवा गरेका सहसचिवहरुमा भन्सार विभागको महानिर्देशकमा श्याम भण्डारी गएका छन् । पुर्व महानिर्देशक महेश भट्टराईको मन्त्रालयमा सरुवा भएको छ । ठूला करदाता कार्यालयमा दिलिपकुमार गौतम गएका छन् । […]

कुमारी बैंक लिमिटेडका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा उपचार गराउदा १० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक‍ र कर्मचारीले  र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा(इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड),   हस्पिटलबाट लिने स्वस्थ्य सेवामा विशेष छुट पाउने भएका छन्  । हस्पिटल र बैङ्कका बीचमा भएको सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट पाउने कुमारी बैङ्कले जनाएको छ  । […]

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए । […]

राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ अग्र स्थानमा, लाभांश क्षमता एउटाको ऋणात्मक हुँदा अरुको कस्तो छ अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत वर्षको असारसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यी बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख नाफा कमाएका थिए । यता, बैंकहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । १२ […]

सभामुखद्वारा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन् ।