तनहुँमा ८६ प्रतिशत सकियो प्रतिष्ठानको आर्थिक गणना

तनहुँ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो । कार्यालय प्रमुख ऋषिराम अधिकारीले जिल्लामा १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको र त्यसका लागि ४९ गणक तथा सात जना सुपरिवेक्षक खटाइएको जानकारी दिए । प्रतिष्ठानको आधारभूत विवरण […]

मन्त्रिपरिषद बैठक सकियो, यी हुन् निर्णयहरु

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चार वटा निर्णयहरु गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरु :   १. संयुक्त राष्ट्र […]

विश्वकप अगाडि फुटबलका कहि नियमहरुमा परिवर्तन

काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन केही हप्ता मात्र बाँकी रहँदा फुटबलको नियम बनाउने अन्तर्राष्ट्रिय निकाय ‘अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड’ (IFAB) ले खेलका नियमहरुमा ऐतिहासिक परिवर्तनको घोषणा गरेको छ। यी नयाँ नियमहरु आउँदो विश्वकपका साथै सन् २०२६-२०२७ को सिजनदेखि पूर्ण रुपमा लागू हुनेछन्। यी संशोधनहरुको मुख्य उद्देश्य खेल मैदानमा हुने विभेदको अन्त्य गर्ने, समय […]

एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले आज पूर्व–स्वीकृति प्राप्त गरेको हो। बैंकले नेपाल राष्ट्र बैंकबाट हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पूर्व–स्वीकृति पाएको हो। हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। […]

क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगी आरोपमा चिकित्सक पक्राउ

चितवन। गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार तथा डिजिटल ठगी गरेको आरोपमा २९ वर्षीय चिकित्सक डा. पप्पुकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषा हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा […]

वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो, १० महिनामा करिब ८ अर्बको कारोबार

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै करिब ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट१० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो। तुलनात्मक रूपमा हेर्दा चालु वर्षमा दलहन आयात मूल्यका […]

अप्पर स्याँङ्गे हाईड्रोपावरको लक-इन अवधि असार २१ गते सकिंदै

काठमाडौं । अप्पर स्याँङ्गे हाईड्रोपावरको संस्थापक समूह तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दा र कर्मचारीहरुलाई छुट्टाइएको सेयरको लक इन अवधि असार २१ गते सकिने भएको छ । कम्पनीको कुल १५ लाख ६३ हजार कित्ता सेयरको लक-इन अवधि सकिना लागरको हो । हाल कम्पनीको संस्थापकहरुको १३ लाख ३० हजार कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको […]

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि ११ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९४’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा […]

विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

काठमाडौं । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ । यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल […]

एनएमबी बैंक म्युअचल फण्ड ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता दोस्रो बजारमा कारोबार हुदै

काठमाडौं । एनएमबी बैंक एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयर २५ प्रतिशत,  ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता धितोपत्रको दोस्रो बजारमा कारोबार हुने भएको छ । बुधबारदेखि एनएमबी बैंकको ‘एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार शेयर २५ प्रतिशत’ दोस्रो बजारमा कारोबार हुने भएको हो ।३ अर्ब चुक्ता पुँजी भएको ‘एनएमबीपीएनपी’ म्युअचल फण्डको ३ करोड कित्ता शेयर दोस्रो बजारमा कारोबार […]