अमेरिकासँगको सन्देश आदानप्रदान रोकियाे, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानकाे निर्णय

काठमाडौं । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ। “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको […]

संविधान संशोधनका लागि ४४ हजार भन्दा बढी सुझाव प्राप्त

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् । […]

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन्। नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ)को प्रतिनिधिमण्डलसँग साेमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने […]

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि […]

स्टारलिंकद्वारा नेपालमा इन्टरनेट सेवा सञ्चालनको इच्छा

काठमाडौं ।  स्याटेलाइट प्रविधिमा आधारित अन्तर्राष्ट्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’की निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा निर्देशक हन्टरले स्टारलिंकले नेपालमा आफ्नो उच्च गतिको इन्टरनेट सेवा सञ्चालन गर्न उत्सुक रहेको जानकारी गराइन। सो क्रममा उनले अनुमति लिने प्रक्रियामा रहेका केही नीतिगत तथा कानुनी जटिलताका […]

वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजनाका लागी ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक कम्पनी स्थापना

काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ । करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ३० […]

चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन

कास्की। डाँडाभरि फैलिएको हरियो चियाबारी, पृष्ठभूमिमा टल्किरहेका अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, वरिपरि छरिएका परम्परागत गुरुङ बस्ती र शान्त ग्रामीण परिवेश । यी सबै दृश्य एकै ठाउँमा देख्न पाइन्छ कास्कीको ल्वाङ गाउँमा । पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ । पोखरा महानगरपालिका–२५ हेम्जाबाट खानेपानी, भेडाबारी र खोलामुख हुँदै […]

व्यवसायीहरूसँग काेशीका मुख्यमन्त्रीको आग्रह- ‘पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुस’

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् । ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताएका हुन् […]

काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनको बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा नियमित उडान सञ्चालन गरिनेछ। नयाँ गन्तव्य थपिएसँगै कम्पनीले […]

वैदेशिक रोजगारीका नाममा करोडबढी ठगेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० […]