प्रचण्ड र माधवको हरिबोललाई निर्देशन : महेश्वरको उम्मेदवारी फिर्ता गराउनु

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सिन्धुली २ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता लिनको लागि हरिबोल गजुरेललाई निर्देशन दिएका छन् ।

रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

लुम्बिनी । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएकी छिन्। नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा […]

बाबुरामले भट्टराईले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

बाँके । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत ९हाइब्रिड० जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले । अहिले बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती […]

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको […]

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ। रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने, ‘उत्कृष्ट कार्यले नै सम्मानका लागि मार्ग तयार हुने […]

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको […]

माघ शुक्लपञ्चमी : देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, डिल्लीबजारस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका […]

आजदेखि सुरु हुने छैठौँ टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं । एनसेलले शुक्रबारबाट पोखरामा सुरु हुने छैठौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना भइरहेको छ। गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो। मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर […]

युएईमा अमेरिका–युक्रेन–रुस सुरक्षा वार्ता हुने

मस्को । युक्रेन, संयुक्त राज्य अमेरिका र रुसका उच्चस्तरीय अधिकारीहरू शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा सुरक्षा वार्ता गर्न भेट्ने भएका छन् । क्रेमलिनका अनुसार, यो भेटघाट मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शीर्ष अमेरिकी वार्ताकारहरूको छलफलपछि हुन लागेको हो, जसले युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी पहललाई अगाडि बढाउने उद्देश्य राखेको छ । दोस्रो विश्वयुद्धपछि युरोपमा […]