ओरालो लाग्यो शेयर बजार सवा ३ अर्ब बढीले घट्यो कारोबार, यस्ता छन् कारण

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०३ अंकले घटेर ४८१.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.८४ अंकले र सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको हो । […]

लक्ष्मी र युनिक नेपाल लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । लक्ष्मी र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये लक्ष्मीले असारसम्म १ करोड ९६ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी ४१ करोड ३९ लाखबाट […]

नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाख १२ हजार बढी कित्ता शेयरको लकइन अवधि आउँदो भदौको तेस्रो साताबाट सकिने भएको छ। कम्पनीले मंगलबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोष समूहको नाममा रहेको कम्पनीको १ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको आउँदो भदौ २२ गतेबाट सकिने जानकारी गराएको हो। नेपाल धितोपत्र बोर्डको २०८० […]

एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

काठमाडौं ।एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता समेत भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट […]

युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छः मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् । आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए। मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा […]

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू गर्छौंः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने बताएका छन् ।  राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क–२ (डिएनएफ–२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले चाँडै कार्यान्वयनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए । सञ्चार तथा सूचनाप्रविधि […]

चिलिमे हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ११ करोडबाट बढेर १ अर्ब १२ करोड ४९ लाख पुगेको छ । वित्तीय […]

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष संस्थाले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसले १२ महिनामा २ अर्ब ५ करोड बिमा शुल्क संकलन […]

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा कहिलेबाट मिल्छ आवेदन दिन ?  

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम साउन २९ गतेदेखि निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० […]

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलवार सुनको मूल्य घटेको छ।सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकले जनाएको छ । यता चाँदीको मूल्य १० रुपैयाँले […]