‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग

काठमाडौं । कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन । यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ । प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन् । यस्तै, […]

आरोग्य पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको आरोग्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र ‘नेपाल इन बिजनेस (एनआइबी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागू गरिएको राष्ट्रिय आरोग्य पर्यटन कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म)ले पहिचान गरेका रणनीतिक आरोग्य गन्तव्यहरूमध्ये उच्च हिमाली क्षेत्र अन्तर्गत पदयात्रा गन्तव्यमा आरोग्य पदयात्रा […]

आजको मौसमः केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज डलरको मूल्य स्थिर रहेको छ भने युरो घट्दा पाउण्डको मूल्य बढ्यो छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर […]

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

काठमाडौं । अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ । कजाखस्तानमा अवतरण नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री […]

रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

काठमाडौं । रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबिच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो वर्षायाममा नागरिकको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ । युक्रेनको खार्किभमा रहेको एक आवासीय भवनमा रुसी आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको किएभले जनाएको छ । […]

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना

काठमाडौं । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो। गत वर्ष कात्तिकसम्म भौतिक प्रगति कमजोर रहेका दुई निर्माण आयोजनाको कामले पछिल्लो समय उल्लेख्य गति लिएको छ। सम्झौताअनुसार समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई आयोजनामध्ये […]

गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

काठमाडौं ।  नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली-कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन […]

किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ । झरीसँगै सो क्षेत्र डुबानमा पर्न थालेपछि यही साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम […]

डिजिटल कारोबारका लागि सञ्चालनमा आउँदै चाइनाबजार

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रुपमा साउन १३ गते सञ्चालनमा आउने भएको छ। नेपालमा आयातित वस्तुलाई सहजै उपभोक्तासम्म पु¥याउन चाइनाबजार सञ्चालनमा ल्याउन लागिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन्। चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नरहने उनले बताइन्। ‘कम्पनीले चीनका उत्पादकबाट आफै वस्तु छनोट गरी प्रत्यक्ष […]