आजको मौसम : मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक सरेको छ। यसका कारण मुलुकभरको मौसममा बदली आएको छ। अहिले देशभर अधिकांश क्षेत्रमा बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले हल्कादेखि […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड र युरोको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको […]

बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा

काठमाडौं । चितवनको माडी नगरपालिकाले बाँझो खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न र युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैंकसम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्षदेखि कार्यक्रम लागू गर्ने प्रस्ताव अघि सारेको हो । नगरपालिकाका प्रमुख […]

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

काठमाडौं । सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ काे तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको […]

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र खिवाङ […]

गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति

काठमाडौं ।  गोरखामा धान रोपाइँको मुख्य समयमा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ। कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ। स्थानीय तहले समूह र […]

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघ्यो

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४६ अर्ब नाघेको […]

हेरिंग तथा स्पिच क्यर क्षेत्रमा नेपाल हेरिंग एनद स्पिच क्यर क्लिनिक १५ वर्षको सेवा यात्रा

काठमाडौं। Nepal Hearing and Speech Clinic ले नेपालमा Hearing तथा Speech  क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि Clinic ले Hearing Test, Hearing Aid Fitting, Cochlear Implant Service, Speech-Language Therapy, Counseling तथा Follow-up Care मार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको Clinic का शाखाहरू […]

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा भएको ‘इस्लामाबाद समझदारीपत्र’ (एमओयू) मा गरिएको सहमतिअनुरूप रहेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, दारले आइतबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो […]

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं ।  काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् । मुहान क्षेत्रका बासिन्दाले नै […]