सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । सुर्खेत उपत्यका नगर विकास समितिमा भएको राजस्व हिनामिना प्रकरणमा तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी र गेहेन्द्रबहादुर डाँगीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध राजस्व चुहावट तथा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अनुसन्धानअनुसार आ.व. २०७६/७७ देखि २०८०/८१ सम्म समितिको सटर, कवल तथा […]

