विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

कञ्चनपुर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक […]

प्रतिनिधि सभा निर्वाचनका लागि कुन-कुन निर्वाचन क्षेत्र रोजे पूर्वअर्थमन्त्रीहरुले ?

काठमाडौं । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पूर्वअर्थमन्त्रीहरूले विभिन्न स्थानबाट प्रतिस्पर्धा गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगले मंगलबार दिएको उम्मेदवारी दर्ताको समयमा अधिकांश पूर्वअर्थमन्त्रीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । अर्थतन्त्रको बागडोर सम्हाली सकेका पूर्वअर्थमन्त्रीहरुले सरकारको नेतृत्व गर्ने उद्देश्यले विभिन्न निर्वाचन क्षेत्रबाट आफनो उम्मेदवारी दिएका छन् । सोही क्रममा प्रतिनिधिसभा सदस्य निर्वाचनको […]

म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार यही माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख […]

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

डाभोस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित टकरावको वातावरणबीच डाभोस आइपुगेका छन् । ग्रिनल्यान्ड अधिग्रहणसम्बन्धी उनको अभिव्यक्ति र दबाबका कारण अमेरिका र युरोपबीचको ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा बढेको छ । विश्व आर्थिक मञ्च सुरु हुनुभन्दा एक दिनअघि राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए । डाभोसमा स्वायत्त डेनिस क्षेत्र ग्रिनल्यान्डको […]

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र […]

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौं । मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा […]

आबे हत्या प्रकरणमा आजीवन सजाय

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो । नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाउनुभएको हो । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक […]

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैंक प्रणलिमा अधिक तरलत भएपछि नेपाल रष्ट्र बैंकले आज ७ गत २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार माघ ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ […]

याङ्गोले ल्यायो व्यक्तिहरू र साना व्यवसायहरूका लागि लचिलो डेलिभरी सेवा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ। यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि (व्यक्ति–व्यक्ति) र (साना तथा मध्यम व्यवसाय) का लागि सहज र प्रभावकारी समाधान प्रदान गर्छ। अब याङ्गो एपले राइड–हेलिङ र डेलिभरी दुवै सेवाहरू एकै ठाउँमा […]