संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिकः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमा अनिश्चितता पैदा गराउने ठहर गरेको छ । सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः […]

निजी क्षेत्रले सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने,लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । याँ कानुन पारित भएसँगै निजी क्षेत्रले पनि सवारी जाँचपास र प्रदूषण चेक गर्न पाउने भएका छन् । निजी क्षेत्रद्धारा संचालित सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रले सवारी साधनको जाँचपास गर्न पाउने व्यवस्था लागू गरिएको छ । सरकारले आज शुक्रबार राजपत्रकमा प्रकाशित गर्दै यस्तो व्यवस्था लागू गरेको हो । नयाँ कानुन पारित भएसँगै अब निजी क्षेत्रका […]

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

काठमाडौं । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा जिरो दशमलव […]

सेयर कारोबारका लागि नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र चाहिने

काठमाडौं । सेयर कारोबारका लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको छ । आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प साउन १८ देखि २० गतेसम्म, ३ जना भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंङस् अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८  देखि २० गतेसम्म  मनसुन  फ्री  सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प  सञ्चालन गर्न लागेको हो । यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको […]

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए १ खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइजिन) कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले विभिन्न चार निकायको […]

लघुवित्त समूहमा सबैभन्दा महँगो सेयर रहेको आत्मनिर्भर लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले १ करोड ४० लाख रुपैयाँ खुद नाफा […]

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिवाचनका लागि दल दर्ता गर्न आह्वान गरेको गरेको छ । उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका दललाई संविधानअनुसार यही साउन २१ देखि २७ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिमको ढाँचामा आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचना जारी गरिएको […]

नेपाल प्रहरीको आधिकारिक यि ६ वेबसाइट र मोबाइल एप चलाउन ब्यालेन्स नचाहिने

काठमाडौं । नेपाल प्रहरीले अनलाइन मार्फत सर्वसाधारणलाई प्रदान गर्दै आईरहेको सेवाहरु अब नेपाल दूूरसंंञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत जिरो ब्यालेन्समा समेत निशुुल्क उपयोग गर्न सकिने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै  वेबसाइट र मोबाइल एपहरू सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन मिल्ने भएको जानकारी गराएको हो । नेपाल प्रहरीका ६ ओटा […]

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । अब नारायणीले १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्री गर्नेछ ।