तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरेको छ । आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अनुमान गरिएको  हो। प्रारम्भिक अनुमानअनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण […]

१४सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  १४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २  लाख ८८ हजार  रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ८९  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज, चाँदी पनि ३० रुपैयाँले घटेको […]

२५ अर्वको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ ड’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]

निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण […]

द्रुतमार्ग पुरानै रेखांकनअनुसार खोकनासम्मै विस्तार हुने, सेनालाई निर्माण अघि बढाउन सरकारको ग्रिन सिग्नल

काठमाडौं । काठमाडौँ–तराई/मधेश द्रुतमार्गलाई प्रारम्भिक परिकल्पनाअनुसार खोकनासम्मै विस्तार गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। यससँगै अघिल्लो सरकारले विवादित खण्डलाई स्थगित गरेर वैकल्पिक विकल्प खोज्ने संकेत दिएको नीति परिवर्तन भएको छ। पूर्वाधार विकास मन्त्रालयले द्रुतमार्गको अन्तिम ६.५ किलोमिटर डुकुछाप–फर्सिडोल–खोकना खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण प्रक्रिया अघि बढाउन स्वीकृति दिएको […]

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक (सुचिसहित)

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै, ऋण तिर्न बाँकी रहेका […]

शेरबहादुर देउवाका सुपुत्र जयवीर देउवालाई ७ दिन भित्र सम्पति सुद्दिकरण बिभागमा उपस्थित हुन निर्देशनन

काठमाडौं । पुर्व प्रधानमन्त्री, नेपाली कांगेसका निबर्तमान सभापति तथा पुर्व मन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाका सुपुत्र जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण  तथा अनुसन्धान विभागले सात दिनको सार्वजनिक सुचना मार्फत बयानको लागि उपस्थित हुन भनेको छ । विभागले मंगलबार  जयबीरलाइ सार्वजनिक सुचना मार्फत ७ दिन भित्र बयानको लागि बोलाएको हो । विभागले उनलाई सम्पत्ति शुद्धीकरण […]

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि आज बैंकिङ समयसम्म मात्रै रहेको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन […]

विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चाल्र्स केट्लरले दुई गोल गरे । उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । […]

मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले साढे ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर दुई दना संस्थापकको नाममा रहेको ३० हजार ५६७ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि कम्पनीका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनी […]